जिल्ला अदालत काठमाण्डौद्वारा भुटानी शरणार्थी मुद्दामा आरोपित ७ जना बाहेक अरु सबै कसुर दोषी ठहर ।
२०८३ असार २३, मंगलबार ।
आज जिल्ला अदालत काठमाण्डौमा तेजबहादुर खड्काको इजलासलेले नक्कली भुटानी शरणार्थी प्रकरणमा दायर भएको मुद्दामा जिल्ला अदालत काठमाडौंले कसुर ठहर गरेको छ । फैसलाको पूर्ण विवरण आउन बाँकी छ ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरुलाई अमेरिका पठाउने गिरोहको पर्दाफास भएको थियो । यसमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० सालमा ३० जनामाथि मुद्दा हालेको छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत हाइप्रोफाइल प्रतिवादी छन् । अदालतले मुद्दाको फैसला गरे पनि सजाय निर्धारण आज नहुने भएको छ । तेजबहादुर खड्काको इजलासले सजाय निर्धारणका लागि पेश गर्ने आदेश गरेको हो ।
३० जना माथी मुद्धा चलेको नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ जना ( रामशरण केसी, टंककुमार गुरूङ, सञ्जीव रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी ) बाहेक हरु सबैलाई दोषी ठहर गरेको छ ।
जिल्ला अदालत काठमाण्डौद्वारा भुटानी शरणार्थी मुद्दामा आरोपित ७ जना बाहेक अरु सबै दोषी ठहर ।
1 Min Read


