सरकारको १०० दिने उपलब्धि सार्वजनिक, हेरौ के के थिए वाचा र के के भए उपलब्धि ?
२०८३ असार २०, शनिबार ।
गत चैत्र १३ गते गठन भएको प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी बाचापत्र उल्लेख भएबमोजिम मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको प्रवक्ता पोखरेलले बताए । उनले मन्त्रालयको सङ्ख्या घटाएसँगै वार्षिक करिब रु २० अर्ब राज्य कोषमा बचत हुने अनुमान गरिएको बताए । ८७.२ प्रतिशत कार्यसम्पादन गरेको जिकिरसहित ३४ पृष्ठ लामो उपलब्धि सार्वजनिक गरिएको हो।
सरकारको १०० दिने उपलब्धि सार्वजनिक, हेरौ के के थिए वाचा र के के भए उपलब्धि ?
1 Min Read


