रास्वपा महाधिवेशनमा गठन भएको निर्वाचन आयोगले नतिजा घोषणामा प्राविधिक त्रुटि भएको स्वीकार्दै सच्चायो निर्वाचित केन्द्रीय सदस्यको सूची छ ।
२०८३ असार १६, मंगलबार ।
असार ७ गतेदेखि असार ९ गते सम्म हुने भनी गरिएको महाधिवेशनमा २,३ दिन ढिला गरी सकिदा पनि निर्वाचनको नतिजामा प्राविधिक समस्या आई नतिजामा फरक परेको थियो । त्यसकारण राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यको सूचीमा संशोधन गरेको छ । यसअघि विजयी घोषित दुई उम्मेदवार केन्द्रीय समितिबाट बाहिरिएका छन् भने दुई जना नयाँलाई निर्वाचित घोषणा गरिएको छ । रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी पूजा बास्तोलाले मतपरिणाममा गडबडी गरिएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएकी थिइन् । आफूलाई पन्छाएर कम मत ल्याउनेलाई विजयी घोषणा गरिएको उनको दाबी थियो । आयोगले बास्तोलाको दाबीलाई सदर गरेको छ ।
नतिजा घोषणामा प्राविधिक त्रुटि भएको स्वीकार्दै प्रादेशिक केन्द्रीय सदस्यमा गण्डकीबाट बास्तोलालाई विजयी बनाइएको हो । यसअघि सो क्षेत्रबाट विजयी घोषित सोम शर्मालाई केन्द्रीय समितबाट हटाइएको छ । उनी बाग्लुङ २ बाट निर्वाचित सांसद हुन् । यस्तै जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठलाई निर्वाचित घोषित गरिएकोमा उनी पनि बाहिरिएका छन् । उनको ठाउँमा ध्रुव थापामगरलाई निर्वाचित घोषणा गरिएको छ । उम्मेदवारी दर्ता गर्दा पेश गरिएको कागजपत्र अध्ययन गर्दा ध्रुव निर्वाचित भएको देखिएको आयोगले जनाएको छ ।
रास्वपा महाधिवेशनमा गठन भएको निर्वाचन आयोगले नतिजा घोषणामा प्राविधिक त्रुटि भएको स्वीकार्दै सच्चायो निर्वाचित केन्द्रीय सदस्यको सूची छ ।
1 Min Read

