प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइमा दिएको कार्य योजना अनुसार आजबाट इजलासभित्रको बहस सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण शुरु ।
२०८३ असार ०९, मंगलबार ।
नेपालको अदालती इतिहासमा ट्रायलका रुपमा नयाँ अभ्यास शुरु गरिएको छ जुन आजबाट अदालतको बहस सामाजिक सञ्जालबाटै प्रत्यक्ष प्रशारण गरिएको छ । विशेष अदालतमा आज एमाले उपाध्यक्ष विष्णु पौडेलको म्याद थपका लागि गरिएको बहस सामाजिक सञ्जालमै प्रत्यक्ष प्रशारण गरिएको छ ।
नयाँ प्रधानन्यायाधीशमा सिफारिस भएपश्चात डा. मनोजकुमार शर्मा सिफारिस भएपश्चात् उनले संसदीय सुनुवाइका क्रममा सबै अदालतका इजलासहरूलाई प्रत्यक्ष प्रशारण गर्ने कार्ययोजना सुनाएका थिए । आफ्नो त्यही कार्यायोजनालाई उनले कार्यान्वयनमा ल्याउन सुरु गरेका हुन् । विशेष अदालतसँगै आज जनकपुर उच्च अदालतमा भएको बहस पनि युट्युबमा लाइभ स्ट्रिमिङ गरिएको थियो । सर्वोच्च अदालतका प्रवक्ता सह रजिस्टार अर्जुनप्रसाद कोइरालाले सर्वोच्चदेखि देशभरका अदालतमा बन्द इजलासबाहेकका बहस प्रत्यक्ष प्रशारण गर्ने कार्ययोजना रहेको बताए । कोइरालाका अनुसार सर्वोच्चमा पनि यसको ट्रायल भइसकेको छ ।

