अदालतको आदेशपछि दिपक भट्ट र सुलभ अग्रवाललाई आजैदेखी डिल्लीबजार कारागारमा राखिने ।
२०८३ असार ०३, बुधबार ।
विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। उनीहरूमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहस सकिएपछि अदालतले बुधबार थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशसँगै उनीहरूलाई डिल्लीबजार कारागार लगिएको छ। प्रहरीले भट्टलाई चैत १९ मा र अग्रवाललाई चैत २२ मा पक्राउ गरिएको थियो ।


