Close Menu
    What's Hot

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १६ श्रावण २०८३, शनिबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १६ श्रावण २०८३, शनिबार

    अबदेखि निजी क्षेत्रले पनि रासायनिक मल ल्याउन पाउने तर सरकारी अनुदान नपाउने ।

    June 15, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    अबदेखि निजी क्षेत्रले पनि रासायनिक मल ल्याउन पाउने तर सरकारी अनुदान नपाउने ।
    २०८३ असार ०१, सोमबार ।
    रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने भएको छ । सरकारले रासायनिक मल नियन्त्रण आदेश, २०५५ बमोजिम निजी व्यवसायीलाई रासायनिक मल आयातको अनुुमति दिएको हो । कृषि, वन तथा पर्यावरण मन्त्रालयले दर्ता भएका ७७ कम्पनीलाई मल आयातको अनुुमति दिएको हो । कृषि, वन तथा पर्यावरण मन्त्रालयले दर्ता भएका ७७ कम्पनीलाई मल आयातको अनुुमति दिएको हो ।
    पश्चिम एसियाली मुलुकमा भएको युुद्धको कारण ग्लोबल टेन्डरमार्फत रासायनिक मल आयात हुन नसकेपछि निजी कम्पनीले पनि मल ल्याएर वितरण गर्न सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले दर्ता भएका कम्पनीले डिएपी, युुरिया र पोटासबाहेक अन्य मल निजी क्षेत्रले आयात गरिरहेको जानकारी दिनुुभयो ।
    “गत आ.व.मा ५० करोड रुपियाँ बराबरको मल निजी क्षेत्रले ल्याएको थियो,” उहाँले भन्नुुभयो, “निजी कम्पनीले डिएपी, युरिया, पोटास मल ल्याउन पाए पनि अनुुदानको व्यवस्था छैन ।” सहसचिव श्रेष्ठले भन्नुुभयो, “अनुमति प्राप्त गरेका कम्पनीले युरिया, डिएपी र पोटाससँगै ५५ थरीका सूचीकृत मल आयात गर्न पाउने व्यवस्था छ ।” बिरुवालाई चाहिने पोषक तत्व र रासायनिक मिश्रण आयात गर्न अनुमति प्रदान गरिएको छ । निजी क्षेत्रले आयात गर्ने मलमा सरकारले कुनै पनि प्रकारको अनुदान उपलब्ध नगराउने भएकाले त्यस्ता मल लागत मूल्यका आधारमा बिव्रmी गर्नुपर्ने छ । अनुुमति प्राप्त कम्पनीले सुविधा र पहुँचका आधारमा जुन मुलुकबाट पनि ल्याउन सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निजी क्षेत्रले ल्याउने मलमा सरकारले कुनै पनि प्रकारको अनुदान सुविधा उपलब्ध नगराउने भएकाले नेपाल आइपुग्ने त्यस्ता मलको लागत मूल्य, कम्पनीले ढुवानी तथा नाफा जोडेर किसानलाई बिक्री गर्ने छन् ।
    मन्त्रालयका अनुसार चालु आवको बजेटबाट खरिदका लागि सम्झौता भएको एक लाख ८५ हजार रुपियाँमध्ये कृषि सामग्री कम्पनीको ५० हजार मेट्रिक टन युरिया र ६२ हजार ६५० मेट्रिक टन डिएपी गरी एक लाख १२ हजार ६५० मेट्रिक टन रासायनिक मल आउन नसक्ने अवस्थामा पुगेको छ । निजी क्षेत्रबाट मल ल्याउँदा लागत मूल्य महँगो पर्ने हुुँदा रासायनिक मलको मूल्य भने महँगो पर्ने देखिएको छ । धान रोपाइँ सुरु हुुँदा बजारमा मलको अभाव हुुन थालेको छ । माग अनुसार मल आयात नहुुँदा बर्सेनि धान रोप्नेबेला किसानले मलको अभाव खेप्नुु परेको छ । सरकारले अनुुदान दिएका कारण किसानले सस्तो मूल्य पर्ने गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार हाल बजारमा प्रतिकेजी युरिया १५ रुपियाँ, डिएपी ४४ र पोटास प्रतिकेजी ३२ रुपियाँ मूल्यमा बिक्री भइरहेको छ ।
    माग अनुसार मलको आयात नहुुँदा बर्सेनि धान रोप्नेबेला किसानले मलको अभाव खेप्ने गरेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा चल्दै ।

    मन्त्रिपरिषद्ले गरेका निर्णयहरू: नौ विधेयक संसदमा लैजाने 

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss
    Main News

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । २०८३ साउन १६, शनिबार…

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना