Close Menu
    What's Hot

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १६ श्रावण २०८३, शनिबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १६ श्रावण २०८३, शनिबार

    विपक्षहरुको नयाँ विरोधको शैलीमा सभामुख असन्तुष्ट ।

    June 10, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    विपक्षहरुको नयाँ विरोधको शैलीमा सभामुख असन्तुष्ट ।
    २०८३ जेठ २७, बुधबार ।
    प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर १० दिनदेखि संसद् अवरोध गरिरहेका विपक्षी दलले मङ्गलबार विरोधको शैली बदले । सामान्यतया संसद्मा सभाध्यक्षले समय निर्धारण गर्ने र सांसदले त्यसको पालना गर्नुपर्ने व्यवस्था भए पनि प्रतिपक्षका सांसदले नै समय निर्धारण र मौनधारण दुवै कार्य आफैँ गरि दिए । विरोधको यो फरक शैलीमा सभामुख डोलप्रसाद अर्यालले असन्तुष्टि जनाउनुभयो । यसो त प्रतिनिधि सभामा यसअघि पनि सांसदको आह्वानमा मौनधारणको अभ्यास छ । यस्तो अभ्यास विवादमुक्त भने छैन । प्रतिनिधि सभामा प्रधानमन्त्री शाहले जेठ १७ गते प्रश्नोत्तरका क्रममा दिनुभएको अभिव्यक्तिमा प्रतिपक्षले निरन्तर क्षमायाचना मागिरहेको छ । उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन पनि विपक्षी दलको माग छ । १० दिनदेखि विपक्षी दलले प्रधानमन्त्रीको क्षमायाचना माग गरे पनि जवाफका लागि सभामुखबाट रुलिङ भएको छैन । अवरोधकै सिलसिलामा मङ्गलबार कांग्रेस सांसद निस्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिले सहिदको आत्मसम्मान गिरेको भन्दै क्षमाका लागि मौनधारण प्रस्ताव गर्नुभएको थियो । आफैँले पाँच मिनेट समय निर्धारण गरेर राईले अन्य सांसदलाई पनि उठिदिन आग्रह गर्नुभएको थियो । राईको आग्रहलाई विपक्षी दलका सांसदले साथ दिए ।
    प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना र मौनधारणको आग्रह गर्दै राईले सभामा भन्नुभएको थियो , “प्रधानमन्त्रीज्यूको अभिव्यक्तिले आफ्नो ज्यान आहुति दिएर नेपालको सीमा पूर्वमा चिवाभन्ज्याङदेखि पश्चिममा लिम्पियाधुरासम्म कायम गराउने ती अमर सहिदको आत्मसम्मान कति गिरेको होला ? त्यसैले आज ती अमर सहिद प्रजातन्त्र तथा नागरिक सर्वोच्चताका लागि भएका विभिन्न क्रान्ति, विभिन्न आन्दोलनका सहिद तथा सुशासन र जवाफदेहिताका लागि भएको जेनजी विद्रोहका सहिदप्रति हामी सम्झन चाहन्छौँ । आज यस गरिमामय सदनमा पाँच मिनेट यहाँ उभिएर उहाँहरूको सम्झनामा मौनधारण गर्ने छौँ ।”
    राईको अभिव्यक्ति सकिएलगत्तै सभामुख अर्यालले विरोधको उक्त शैलीमा आपत्ति जनाउनुभएको थियो । आगामी दिनमा यस्ता गतिविधि नगर्नसमेत अर्यालले चेतावनी दिनुभयो । आफैँले समय तोक्ने कार्यप्रति सभामुख अर्यालले असन्तुष्टि जनाउनुभएको हो । सांसदलाई मर्यादित हुन रुलिङ गर्दै सभामुख अर्यालले भन्नुभयो, “यो सभा सभामुखले सञ्चालन गर्दै गर्दा सभामुखको तर्फबाट नभई सदस्यले हलबाट आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी आफैँले समय तोकेर जुन किसिमको प्रयास आज गर्नुभयो यो सभामाथि अपमान भएको देखिन्छ । आगामी दिनमा सभालाई सभा जस्तै गरी सञ्चालन
    गर्न माननीय सदस्यहरूले सहयोग गर्नलाई म ध्यानाकर्षण गराउँदछु भन्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा चल्दै ।

    मन्त्रिपरिषद्ले गरेका निर्णयहरू: नौ विधेयक संसदमा लैजाने 

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss
    Main News

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । २०८३ साउन १६, शनिबार…

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना