Close Menu
    What's Hot

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १६ श्रावण २०८३, शनिबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १६ श्रावण २०८३, शनिबार

    नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत भएपछि पुरानो सांगठनिक संरचना अनुसार कायम रहेका सचिवका दरबन्दीलाई समायोजन गरी सचिवको जिम्मेवारी हेरफेर ।

    June 9, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत भएपछि पुरानो सांगठनिक संरचनाअनुसार कायम रहेका सचिवका दरबन्दीलाई समायोजन गरी २३ सचिवको जिम्मेवारी हेरफेर, ६ जना अतिरिक्त समूहमा राखिएको छ ।
    २०८३ जेठ २६, मंगलबार ।
    सरकारले प्रशासनिक खर्च कटौती तथा कार्यसम्पादनलाई थप चुस्त र प्रभावकारी बनाउन मन्त्रालयको संख्या १८ मा सीमित गरेसँगै विशिष्ट श्रेणी ९सचिव० का कर्मचारीहरूको व्यापक सरुवा र जिम्मेवारी हेरफेर गरेको छ। नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत भएपछि पुरानो सांगठनिक संरचनाअनुसार कायम रहेका सचिवका दरबन्दीलाई नयाँ संरचनाअनुरूप समायोजन गरिएको हो। यसक्रममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय तथा सरकारी संस्थामा कार्यरत २३ जना सचिवको पदस्थापन र जिम्मेवारी परिवर्तन गरिएको छ।
    सरकारले दुई(दुई जना सचिव रहने व्यवस्था भएका मन्त्रालयमा अब एक जना मात्र सचिव रहने नीतिगत निर्णय गरेपछि पुनर्संरचना गरिएको हो। यसअघि अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसंख्या तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुई सचिवको व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार
    सचिव भूपाल बराललाई गण्डकी प्रदेशको मुख्य सचिवमा सरुवा गरिएको छ
    चन्द्रकला पौडेललाई उपराष्ट्रपति कार्यालयको जिम्मेवारी दिइएको छ।
    प्रमिलादेवी बज्राचार्यलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय,
    दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्र,
    चिरञ्जीवी चटौतलाई नेपाल ट्रष्टको कार्यालय
    सरजुकुमार वैद्यलाई जल तथा ऊर्जा आयोग सचिवालयमा पदस्थापन गरिएको छ।
    दरबन्दी मिलान तथा समायोजनका कारण छ जना सचिवलाई हालका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत अतिरिक्त समूहमा राखिएको छ। अतिरिक्त समूहमा राखिने सचिवहरूमा
    लोकनाथ पौडेल,
    कृष्णहरि पुष्कर,
    हरिप्रसाद मैनाली,
    डा. गोविन्दप्रसाद शर्मा,
    डिल्लीराम शर्मा तथा
    निलम्बनमा रहेका डण्डुराज घिमिरे रहेका छन्।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अतिरिक्त समूहमा रहेका सचिवमध्ये डा. गोविन्दप्रसाद शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापकीय समन्वयसम्बन्धी विशेष जिम्मेवारी प्रदान गरिएको छ। सरकारले प्रशासनिक संरचनालाई सानो, प्रभावकारी र खर्च कटौतीमुखी बनाउने उद्देश्यसहित मन्त्रालय संख्या घटाएको र सोहीअनुसार कर्मचारी व्यवस्थापनको प्रक्रिया अघि बढाइएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार अतिरिक्त समूहका अर्का एक सचिवलाई सूचना प्रविधि (आईटी) क्षेत्रको समन्वय गर्ने जिम्मेवारी दिने तयारी भइरहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा चल्दै ।

    मन्त्रिपरिषद्ले गरेका निर्णयहरू: नौ विधेयक संसदमा लैजाने 

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss
    Main News

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । २०८३ साउन १६, शनिबार…

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना