१५ मिनेटलाई स्थगित भएको प्रतिनिधि सभा सूचना टाँसेर भोली दिउसो १ः०० बजेको लागी बोलाइयो ।
२०८३ जेठ २५, सोमबार
विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। सो समय सकिँदा पनि बैठक बस्न नसकेपछि सूचना टाँस गरेर मंगलबारसम्मका लागि स्थगित गरिएको छ। २०८२ फागुन २१ को निर्वाचनपछिको यो नयाँ प्रतिनिधि सभामा पहिलो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो। प्रधानमन्त्री बालेन शाहले ुनेपालले पनि भारतको जग्गा मिचेको रहेछु भन्ने अभिव्यक्ति दिएपछि प्रमाण पेस गर्न वा उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन विपक्षी दलहरूले माग गर्दै आएका छन्।


