Close Menu
    What's Hot

    सेफ सन्तोष शाह र नारायण शाह पक्राउ ।

    फिफा विश्वकप–२०२६ मा आज बिहान भएको क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाको खेल १-१ को बराबरीमा सकियो।

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ३० जेष्ठ २०८३, शनिबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ३० जेष्ठ २०८३, शनिबार

    अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गर्दा सरकारलाई बीस अर्ब बचत हुने आकलन ।

    June 8, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गर्दा सरकारलाई बीस अर्ब बचत हुने आकलन ।
    २०८३ जेठ २५, सोमबार ।
    सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ वटा निकाय गाभेको (मर्जर) छ । दोहोरो कार्यक्षेत्र भएका, अनुत्पादक र अनावश्यक वित्तीय भार भएका विकास समिति, विशेष ऐन, गठन आदेश वा छुट्टै कानुन, मन्त्रीपरिषद् र मन्त्रीस्तरीय निर्णयबाट सिर्जना भएका बोर्ड, समिति, कोष र प्राधिकरण जस्ता निकाय कामको प्रकृतिका आधारमा खारेजी, गाभिएको र पुनर्संरचना गरिएका हुन् ।
    अनावश्यक कार्यबोझ भएका निकाय खारेज गरेसँगै राज्यका लागि २० अर्ब रुपियाँ बचत हुने अपेक्षा सरकारले गरेको छ । खारेज भएका, मर्ज र पुनर्संरचना गरेका निकायको र कार्यप्रकृतिका आधारमा साबिकका सरकारी निकायलाई सम्बन्धित प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा ३१ वटा निकाय खारेजी, १८ वटा निकायको पुनर्संरचना र छ वटा निकायको मर्जर गरिएको उल्लेख गरेको छ ।
    खारेज भएका निकायहरु
    **आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान,
    **रेलवे बोर्ड नेपाल,
    **सहरी क्षेत्र सार्वजनिक यायाताय प्राधिकरण,
    **व्यापार तथा निकासी प्रवर्धन केन्द्र
    **भानुभक्त प्राणी उद्यान छिर्कने तनहुँ,
    **वन पैदावर विकास समिति अन्तर्गतका आयोजना र परियोजना,
    **राष्ट्रिय प्राणी उद्यान सूर्यविनायक भक्तपुर,
    **बौद्ध दर्शन तथा गुम्बा विकास समिति,
    **राष्ट्रिय दुग्ध विकास बोर्ड,
    **युवा तथा साना व्यावसायिक स्वरोजगार कोष
    **औद्योगिक विकास व्यवसाय प्रतिष्ठान काठमाडौँ,
    **उपत्यका विकास प्राधिकरण,
    **अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,
    **फाप्ला अन्तर्राष्ट्रिय क्रिक्रेट खेलमैदान तथा खेलग्राम पूर्वाधार निर्माण समिति,
    **जग्गा विकास चक्र कोष र
    **नगर विकास समितिलगायतका निकाय खारेजीमा परेका छन्  ।
    प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसालले अनावश्यक कार्यालय खारेजी हुँदा राज्यको ठुलो लगानी बचत भई वित्तीय सुशासन कायम हुने अपेक्षा सरकारले गरेको बताउनुभयो ।
    सरकारले हालै जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा ‘सङ्घ, प्रदेश तथा स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड १५ दिनभित्र तर्जुमा गरी स्वीकृत गर्ने’ उल्लेख छ । सङ्घ, प्रदेश र स्थानीय तहका समान प्रकृतिका कार्यालय र एउटै काममा दोहोरो, तेहोरोपना भएका कार्यालयलाई गाभ्ने नीति बनाई सुशासन मार्गचित्र तयार गरिएको थियो । अघिल्लो सरकारले पटक पटक प्रतिफल नदिने, कर्मचारीको तलब, सवारीसाधन र कार्यालयलगायतमा आर्थिक भार थपिरहने संस्थान र कार्यालय खारेज गर्ने घोषणा गरेको थियो । तर उक्त निर्णय कार्यान्वयनमा भने आउन सकेको थिएन ।
    गाभिएका कार्यालयहरु
    **कानुन किताब व्यवस्था समिति मुद्रण विभागमा गाभिएको,
    **किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र विकास समिति स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी महाशाखामा गाभिएको,
    **राष्ट्रिय चिया तथा कफी विकास बोर्ड सम्बन्धित प्रदेशमा हस्तान्तरण गरिएको,
    **काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, खानेपानी संस्थान केन्द्रीय कार्यालय र **खानेपानी महसुल निर्धारण आयोगलाई आपसमा गाभिएको,
    **नेपाल इन्टरमोडल यातायात विकास समिति र नेपाल पारवहन तथा गोदाम लिमिटेड,
    **नेपाल पर्वतीय प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापनमा गाभिएका छन् ।
    पुनर्संरचना गरिएको
    चिकित्सा शिक्षा विज्ञान प्रतिष्ठान (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुनर्संरचना गरी यससँग सम्बन्धित छाता ऐन निर्माण गरी व्यवस्थापन सुदृढीकरण गरिने छ । त्यस्तै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम जिल्लास्तरका कार्यालय हटाई सात प्रदेशमा राखिने भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्ने वा लिजमा दिने भन्नेबारे थप अध्ययन गर्नुपर्ने गरी प्रतिवेदनमा औँल्याइएको छ । स्रोत गोरखापत्र दैनिक

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउन थप्यो एक महिना समय ।

    विपक्षहरुको नयाँ विरोधको शैलीमा सभामुख असन्तुष्ट ।

     सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने, आजै शपथ लिने सम्भावना ।

    नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत भएपछि पुरानो सांगठनिक संरचना अनुसार कायम रहेका सचिवका दरबन्दीलाई समायोजन गरी सचिवको जिम्मेवारी हेरफेर ।

    १५ मिनेटलाई स्थगित भएको प्रतिनिधि सभा सूचना टाँसेर भोली दिउसो १ः०० बजेको लागी बोलाइयो ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss
    Uncategorized

    सेफ सन्तोष शाह र नारायण शाह पक्राउ ।

    सेफ सन्तोष शाह र नारायण शाह पक्राउ । २०८३ जेठ ३०, शनिबार । शकुन्तला अधिकारी…

    फिफा विश्वकप–२०२६ मा आज बिहान भएको क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाको खेल १-१ को बराबरीमा सकियो।

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    तीन देशको संयुक्त आयोजनामा शुरु भएको विश्वकप उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकामाथी २–० को सहज जित।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना