Close Menu
    What's Hot

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    व्यवसाहीको वार्षिक कारोबार हेरेर ग्यासको खुद्रा बिक्रीमा प्यान बिल पनि प्रयोग गर्न सक्ने : प्रवक्ता, नेपाल आयल निगम

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १३ कार्तिक २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १३ कार्तिक २०८३, बिहीबार

    अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गर्दा सरकारलाई बीस अर्ब बचत हुने आकलन ।

    June 8, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गर्दा सरकारलाई बीस अर्ब बचत हुने आकलन ।
    २०८३ जेठ २५, सोमबार ।
    सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ वटा निकाय गाभेको (मर्जर) छ । दोहोरो कार्यक्षेत्र भएका, अनुत्पादक र अनावश्यक वित्तीय भार भएका विकास समिति, विशेष ऐन, गठन आदेश वा छुट्टै कानुन, मन्त्रीपरिषद् र मन्त्रीस्तरीय निर्णयबाट सिर्जना भएका बोर्ड, समिति, कोष र प्राधिकरण जस्ता निकाय कामको प्रकृतिका आधारमा खारेजी, गाभिएको र पुनर्संरचना गरिएका हुन् ।
    अनावश्यक कार्यबोझ भएका निकाय खारेज गरेसँगै राज्यका लागि २० अर्ब रुपियाँ बचत हुने अपेक्षा सरकारले गरेको छ । खारेज भएका, मर्ज र पुनर्संरचना गरेका निकायको र कार्यप्रकृतिका आधारमा साबिकका सरकारी निकायलाई सम्बन्धित प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा ३१ वटा निकाय खारेजी, १८ वटा निकायको पुनर्संरचना र छ वटा निकायको मर्जर गरिएको उल्लेख गरेको छ ।
    खारेज भएका निकायहरु
    **आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान,
    **रेलवे बोर्ड नेपाल,
    **सहरी क्षेत्र सार्वजनिक यायाताय प्राधिकरण,
    **व्यापार तथा निकासी प्रवर्धन केन्द्र
    **भानुभक्त प्राणी उद्यान छिर्कने तनहुँ,
    **वन पैदावर विकास समिति अन्तर्गतका आयोजना र परियोजना,
    **राष्ट्रिय प्राणी उद्यान सूर्यविनायक भक्तपुर,
    **बौद्ध दर्शन तथा गुम्बा विकास समिति,
    **राष्ट्रिय दुग्ध विकास बोर्ड,
    **युवा तथा साना व्यावसायिक स्वरोजगार कोष
    **औद्योगिक विकास व्यवसाय प्रतिष्ठान काठमाडौँ,
    **उपत्यका विकास प्राधिकरण,
    **अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,
    **फाप्ला अन्तर्राष्ट्रिय क्रिक्रेट खेलमैदान तथा खेलग्राम पूर्वाधार निर्माण समिति,
    **जग्गा विकास चक्र कोष र
    **नगर विकास समितिलगायतका निकाय खारेजीमा परेका छन्  ।
    प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसालले अनावश्यक कार्यालय खारेजी हुँदा राज्यको ठुलो लगानी बचत भई वित्तीय सुशासन कायम हुने अपेक्षा सरकारले गरेको बताउनुभयो ।
    सरकारले हालै जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा ‘सङ्घ, प्रदेश तथा स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड १५ दिनभित्र तर्जुमा गरी स्वीकृत गर्ने’ उल्लेख छ । सङ्घ, प्रदेश र स्थानीय तहका समान प्रकृतिका कार्यालय र एउटै काममा दोहोरो, तेहोरोपना भएका कार्यालयलाई गाभ्ने नीति बनाई सुशासन मार्गचित्र तयार गरिएको थियो । अघिल्लो सरकारले पटक पटक प्रतिफल नदिने, कर्मचारीको तलब, सवारीसाधन र कार्यालयलगायतमा आर्थिक भार थपिरहने संस्थान र कार्यालय खारेज गर्ने घोषणा गरेको थियो । तर उक्त निर्णय कार्यान्वयनमा भने आउन सकेको थिएन ।
    गाभिएका कार्यालयहरु
    **कानुन किताब व्यवस्था समिति मुद्रण विभागमा गाभिएको,
    **किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र विकास समिति स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी महाशाखामा गाभिएको,
    **राष्ट्रिय चिया तथा कफी विकास बोर्ड सम्बन्धित प्रदेशमा हस्तान्तरण गरिएको,
    **काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, खानेपानी संस्थान केन्द्रीय कार्यालय र **खानेपानी महसुल निर्धारण आयोगलाई आपसमा गाभिएको,
    **नेपाल इन्टरमोडल यातायात विकास समिति र नेपाल पारवहन तथा गोदाम लिमिटेड,
    **नेपाल पर्वतीय प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापनमा गाभिएका छन् ।
    पुनर्संरचना गरिएको
    चिकित्सा शिक्षा विज्ञान प्रतिष्ठान (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुनर्संरचना गरी यससँग सम्बन्धित छाता ऐन निर्माण गरी व्यवस्थापन सुदृढीकरण गरिने छ । त्यस्तै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम जिल्लास्तरका कार्यालय हटाई सात प्रदेशमा राखिने भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्ने वा लिजमा दिने भन्नेबारे थप अध्ययन गर्नुपर्ने गरी प्रतिवेदनमा औँल्याइएको छ । स्रोत गोरखापत्र दैनिक

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा बारे संसदीय समितिले थप अनुसन्धान गर्दै ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिक सहित २ जनाको मृत्यु ।

    आज विजया दशमीको दिन, टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण २०८३…

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    व्यवसाहीको वार्षिक कारोबार हेरेर ग्यासको खुद्रा बिक्रीमा प्यान बिल पनि प्रयोग गर्न सक्ने : प्रवक्ता, नेपाल आयल निगम

    जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा बारे संसदीय समितिले थप अनुसन्धान गर्दै ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना