- इरानद्धारा व्यापारिक जहाजहरूमा भएका आक्रमणबारे २२ देशको संयुक्त वक्तव्य सार्वजनिक ।
- ट्रम्पद्धारा ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई चेतावनी ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यको सुरक्षाका लागि विभिन्न देशहरूलाई युद्धपोत तैनाथ गर्न आग्रह ।
२०८२ चैत्र ०८, आइतबार ।
अमेरीका, इजरायल र इरान बिच भएको द्धन्द्धका कारण जलडमरुमध्यमा व्यापारिक जहाजहरूमा भएका आक्रमणबारे संयुक्त अरब इमिरेट्सको विदेश मन्त्रालयको अग्रसरतामा २२ वटा देशले संयुक्त वक्तब्य सार्वजनिक गरेका छन । वक्तव्यमा इरानले गरेको भनिएका आक्रमणहरूको कडा शब्दमा निन्दा गरिएको छ । वक्तव्यमा नर्वे, एस्टोनिया, बेलायत, संयुक्त अरब इमिरेट्स, चेक गणतन्त्र, इटाली, फ्रान्स, जर्मनी, जापान, दक्षिण कोरिया, नेदरल्यान्ड्स, क्यानडा, न्युजिल्यान्ड, डेनमार्क, लात्भिया, स्लोभेनिया, स्वीडेन, फिनल्याण्ड, अष्ट्रेलिया, रोमानिया, बहरेन र लिथुआनियाका नेताहरूले हस्ताक्षर गरेका छन् । वक्तव्यमा भनिएको छ, ‘हामी इरानद्वारा हालै गरिएका आक्रमणहरूको कडा निन्दा गर्छौं। यी आक्रमण निहत्था व्यापारिक जहाजहरूलाई लक्षित गरी गरिएका छन् । साथै, तेल र ग्याससम्बन्धी संरचना लगायत नागरिक पूर्वाधारमा पनि हमला भएको छ । वक्तव्यमा भनिएको छ, ‘समुद्री मार्गको स्वतन्त्रता अन्तर्राष्ट्रिय कानूनको आधारभूत सिद्धान्त हो, जसमा संयुक्त राष्ट्रसंघको समुद्री कानून पनि समावेश छ । इरानका यी गतिविधिले विश्वभरका मानिसहरूमा असर पार्नेछ, विशेषगरी पहिले नै कमजोर अवस्थामा रहेका समुदायमा बढी असर पुग्नेछ ।’ हेर्नुहोस वक्तव्य
इरानद्धारा व्यापारिक जहाजहरूमा भएका आक्रमणबारे २२ देशको संयुक्त वक्तव्य सार्वजनिक ।
2 Mins Read


