भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको ट्रम्पको दाबी ।
२०८२ पौष १९, शनिबार ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको दाबी गरेका छन् । ट्रम्पले भेनेजुएलाको राजधानी काराकारमा आक्रमणपछि मादुरोलाई पक्राउ गरिएको दाबी गरेका हुन् । भेनेजुएलाको राजधानी काराकासमा भएको विष्फोटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त आक्रमण अमेरिकाले गरेको बताएका छन् । ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘अमेरिकाले भेनेजुएला र उसका नेता, राष्ट्रपति निकोलस मादुरोविरूद्ध सफलतापूर्वक ठूलो स्तरमा आक्रमण गरकोको छ । मादुरोलाई उनकी पत्नी साथ पक्राउ गरिएको छ र देशभन्दा बाहिर लगिएको छ ।’ राजधानी कारकासमा भएको आक्रमणपछि राष्ट्रपति मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए । उनले एक बयानमा अमेरिकी सैन्य आक्रमणको निन्दा गरेका थिए ।
भेनेजुएलाकी उपराष्ट्रपतिले मादुरो जीवित रहे नरहेको जानकारी गराइदिन डोनाल्ड ट्रम्पसँग भनिन । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पत्नीका साथ पक्राउ गरेर देशबाहिर लगिएको दाबी गरेपछि उपराष्ट्रपति रोड्रिग्जको भनाइ सार्वजनिक भएको हो । उनले भनेकी छन्, ‘सरकारलाई राष्ट्रपति मादुरो र फर्स्ट लेडी सीलिया फ्लोरेसका बारेमा कुनै जानकारी छैन ।’राजधानी कारकासमा भएको आक्रमणपछि राष्ट्रपति मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए । उनले एक बयानमा अमेरिकी सैन्य आक्रमणको निन्दा गरेका थिए ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको ट्रम्पको दाबी ।
1 Min Read
CARACAS, VENEZUELA - AUGUST 2: President Nicolas Maduro speaks during a press conference after testifying before the electoral chamber at the main headquarters of the Supreme Court of Justice (TSJ) on August 2, 2024 at the Miraflores presidential palace in Caracas, Venezuela. Nicolas Maduro was declared as winner of the 2024 presidential election by the National Electoral Council while opposition leader Maria Corina Machado and candidate Edmundo Gonzalez claimed that the final result was not what Venezuelans decided during the election. Maduro requested the Supreme Tribunal of Justice to investigate the election to confirm his victory. (Photo by Jesus Vargas/Getty Images)

