अमेरिकी राष्ट्रपतिद्धारा इरानी सर्वोच्च नेता खामेनीको मृत्यु भएको दावी ।
२०८२ फागुन १७, आइतबार ।
हिजो शनिबार बिहानदेखि संयुक्त राज्य अमेरिका र इजरायलले इरान माथी शुरु गरेको आक्रमणले इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीको मृत्यु भएको अमेरिकी राष्ट्रपतिले बताएका छन् । आक्रमणमा इरानको उच्च नेतृत्व र सुरक्षा संरचनालाई प्रत्यक्ष प्रभाव पारेको छ । आक्रमणसँगै इरानको आणविक कार्यक्रमका सन्दर्भमा भइरहेको वार्ता पुनः अवरुद्ध भएको छ । यस सैन्य कारबाहीले इरानको सुरक्षा संरचना र नेतृत्व प्रणालीलक्षित गर्ने प्रयासहरूका बारेमा विभिन्न प्रश्नसमेत उब्जाएको छ । इरानको सरकारी मिडियाले खामेनी नभई आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ र नाति मारिएको बताएको छ ।
इरानका अन्तिम शाह (राजा) का निर्वासित छोरा रेजा पहलवीले इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्युको दाबीसहितको खबरपछि प्रतिक्रिया दिएका छन् । उनले अब राष्ट्रिय उत्सवको सुरुवात भएको बताउँदै खामेनीलाई इरानी पौराणिक कथाका क्रूर पात्र जहाकको संज्ञा दिए । आक्रमणसँगै विभिन्न देश तथा व्यक्तिहरुबाट शान्तिको कामना भै रहेको छ ।
अमेरिकी राष्ट्रपतिद्धारा इरानी सर्वोच्च नेता खामेनीको मृत्यु भएको दावी ।
1 Min Read


