Close Menu
    What's Hot

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ५ श्रावण २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ५ श्रावण २०८३, मंगलवार

    ट्रम्पले लगाएको कर सर्वोच्चद्वारा खारेज ।

    February 22, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    PHOENIX, ARIZONA - DECEMBER 22: U.S. President-elect Donald Trump smiles during Turning Point USA's AmericaFest at the Phoenix Convention Center on December 22, 2024 in Phoenix, Arizona. The annual four day conference geared toward energizing and connecting conservative youth hosts some of the country's leading conservative politicians and activists. (Photo by Rebecca Noble/Getty Images)
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ट्रम्पले लगाएको कर सर्वोच्चद्वारा खारेज
    २०८२ फागुन १०, आइतबार ।
    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका विश्वव्यापी कर अर्थात् आयात शुल्क त्यहाँको सर्वोच्च अदालतले खारेज गरिदिएको छ । ह्वाइट हाउसले गत वर्ष घोषणा गरेका अधिकांश कर अवैध रहेको ठहर सर्वोच्चले गरेपछि राष्ट्रपति ट्रम्पले नयाँ १० प्रतिशत करको घोषणा गर्नुभएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । अदालतमा बहुमत न्यायाधीशले ट्रम्पले आफ्नो अधिकार हद पार गरेको ठहर गरेका थिए । छ जना न्यायाधीशले कर अवैध भएको ठहर गर्दा बाँकी तीन जना विपक्षमा उभिएका थिए । सर्वोच्चको यसले नयाँ करबापत जम्मा भएको अर्बौं डलर फिर्ता हुने बाटो पनि खोल्ने ठानिएको छ तर ह्वाइट हाउसमा बोल्दै ट्रम्पले कानुनी लडाइँबिना कर फिर्ता नहुने सङ्केत गर्नुभएको छ । अदालतको यो फैसलाले विश्वव्यापी व्यापारमा भने नयाँ अनिश्चय थपेको छ । गत वर्ष मेक्सिकोलाई लक्षित गरेर लागु गर्न सुरु गरिएको कर पछि क्यानडा, चीनसहित दर्जनौँ अमेरिकी व्यापारिक साझेदार देशबाट आयात हुने सामग्रीमा विस्तार गरिएको थियो । सर्वोच्चले ट्रम्पको कर नीतिमाथि रोक लगाएपछि अर्थतन्त्रको सुस्त वृद्धि र आप्रवासन दमनप्रति बढ्दो जनअसन्तुष्टिले उहाँको राजनीतिक धारलाई चुनौती दिएको छ । नोभेम्बरमा हुने मध्यावधि निर्वाचन नजिकिँदैजाँदा प्रतिनिधि सभा र सिनेटको एक तिहाइ सिट दाउमा छन् । राष्ट्रपति ट्रम्पले डेमोक्रेटले नियन्त्रण लिए महाभियोगको प्रयास हुन सक्ने चेतावनी दिँदै आउनुभएको छ । यद्यपि हालसम्म दुवै सदन रिपब्लिकन नियन्त्रणमै छन् । यद्यपि नीतिगत चुनौती अदालतमार्फत अगाडि बढ्दै रहे पनि राष्ट्रपति ट्रम्प सन् २०२९ सम्म ह्वाइट हाउसमा रहने निश्चित छ । आउँदो मङ्गलबारको सम्बोधनमार्फत उहाँले आफ्नो उपलब्धि प्रस्तुत गर्दै आगामी राजनीतिक यात्राको दिशा स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    अमेरिका र इरानबिच युद्ध अन्त्य गर्न ऐतिहासिक शान्ति सम्झौता ।

    चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान ।

    दिल्लीको जन्तरमन्त्ररमा न्यायाधीश तथा शिक्षा मन्त्रीको राजीनामा माग्दै विरोध प्रदर्शन ।

    लेबनानमा भएको युद्धविराम पछि खुल्ला भयो स्ट्रेट अफ हर्मुज ।

    पाकिस्तानको इस्लामाबादमा सुरक्षा व्यवस्था कडा, इरान र अमेरिकी प्रतिनिधिमण्डल बिच बार्ता चल्दै ।

    अमेरीका र इरान बिच दुई साताकोलागी युद्धविराम घोषणा ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि…

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री  विष्णु पौडेललाई २५ दिन पछि साधारण तारेखमा छाड्न विषेश अदालतको आदेश ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना