Close Menu
    What's Hot

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २९ भाद्र २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २९ भाद्र २०८३, सोमबार

    होटल व्यवसायीसंघ काठमाडौंको साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न

    February 10, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, २७ माघ – जिल्ला होटल व्यवसायी संघ काठमाडौं पाँचौं साधारण सभा तथा वनभोज कार्यक्रम काठमाडौं नैकापस्थित सफल भ्याली भ्यू रिसोर्टमा सम्पन्न भएको छ । जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष शैलेश कार्कीले उक्त कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।

    यस कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका संस्कृति पर्यटन तथा सहकारी मन्त्री माननीय पुकार महर्जन, विशिष्ठ अतिथि होटल व्यवसायी महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष श्री शेर बहादुर थापा, होटल व्यवसायी महासंघ नेपालका संरक्षक अमृत भुजेल, काठमाडौं जिल्ला समन्वय समिति अध्यक्ष सन्तोष बुढाथोकी, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल तथा अतिथिहरु सामुदायिक सेवा केन्द्र गंगबुका अध्यक्ष केदार पाठक, महिला उपकार समाजका अध्यक्ष श्रीमती गीता सिवाकोटी, संस्थाका सल्लाकारज्यूहरु, जिल्ला होटल व्यवसायी संघका सल्लाहकार महासंघका महासचिव मित्र प्रसाद ढकाल, जिल्ला सल्लाहकार महासंघमन लेदन संयोजक दिपेन सुवेदी, जिल्ला होटल महासंघका सल्लाहकार रमेश बराल, यम श्रेष्ठ, महासंघ केन्द्रीय सदस्य, ज्ञानु गजमेर, लक्ष्मण भण्डारी, इकाईका अध्यक्षहरु गणेश ढकाल, देवी प्रसाद कडेल, टिका रायमाझी, सरोज आले, रुद्र बहादुर न्यौपाने तथा व्यवसायी प्रतिनिधि तथा अतिथिहरुको सहभागीता थियो ।

    कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सुरेश आले तथा नेपाली होटल व्यवसायी संघका अध्यक्ष गणेश ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव विष्णु प्रसाद घिमिरेले गर्नुभएको थियो भने बन्दसत्रको संचालन संस्थाका सचिव कुमार श्रेष्ठले गर्नुभएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री माननीय पुकार महर्जनले नेपाल भ्रमण वर्ष गर्न लागिएको जसले गर्दा होटल व्यवसाय तथा पर्यटन क्षेत्रमा टेवा पुग्ने तथा होटल व्यवसायीका समस्या तथा समाधानका लागि आफू सदैव तयार रहेको कुरा व्यक्त गर्नुभयो । होटल तथा व्यवसायीहरुको हक तथा हितका लागि सहजताको लागि ऐन कानुन परिवर्तन गर्न दिशामा आफू लाग्ने पनि बताउनु भएको थियो ।

    कार्यक्रमका विशिष्ठ अतिथि सन्तोष बुढाथोकीले होटल तथा व्यवसायीको लागि विभिन्न तालिम संचालन गर्नुपर्ने तथा बाल श्रम शोषण तथा होटलमा हुने गरेका विकृति विसङ्गती हटाउनुपर्ने होटल तथा पर्यटनको लागि आफूले सहजीकरणको लागि सधै तत्पर रहेको कुरा पनि बताउनुभयो ।

    कार्यक्रमका अध्यक्ष शैलेश कार्कीले सम्पूर्ण होटल व्यवसायी साथीहरुको सामीप्यता वनभोज कार्यक्रमले बढाउने तथा सम्पूर्ण होटल व्यवसायीहरुको हकको लागि आफू सदैव लडिरहनेकुरामा जोड दिनुभयो । होटल तथा पर्यटन व्यवसायी साथीको यो उपस्थितिले आफू निकै उत्साहित रहेको बताउनुभयो । बन्दसत्रमा संस्थाको गतिविधि तथा आर्थिक विवरण प्रस्तुत तथा बहुमतले पारित गरिएको थियो । मनोरञ्जनात्मक नृत्य तथा खेलकुद प्रतियोगिता पनि उक्त साधारण सभामा समावेश गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    अनलाइनबाट मार्फत हुदै आएका सूचना तथा टेन्डर अब कागजी प्रक्रिया मार्फत ।

    काठमाडौँ महानगर पालिकाले जलन उपचारका लागि अस्पताललाई २ करोड र लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क उपचार प्रदान गर्ने ।

    हिजो संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको सम्बोधन ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ । मिति २०८३…

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना