काठमाडौं, २ माघ – टुँडिखेलमा लागेको माघी मेलाको भिडमा च्यापिएर १६ जना घाइते भएका छन् । माघी पर्वको अवसरमा मगर र थारु समुदायको छुट्टाछुट्टै आयोजनामा टुँडिखेलमा लागेको मेलामा उनीहरू च्यापिएर घाइते भएको प्रहरीको भनाइ छ ।

घाइते भएका ६ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको र बाँकी १० जना उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
ट्रमा सेन्टरमा उपचार भइरहेका घाइतेहरू
धादिङ जिल्ला, गंगा जमुना गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला फुटुङ बस्ने वर्ष १९ की रेजिना घले, कैलाली जिल्ला, घोडाघोडी गाउँपालिका घर भई काठमाडौं जिल्ला सितापाइला बस्ने वर्ष १९ की रिजा रेस्मी मगर, संखुवाशभा जिल्ला, म्यादी नगरपालिका-४ घर भई काठमाडौं जिल्ला मनमैजु बस्ने वर्ष २२ की निर्मला श्रेष्ठ, ललितपुर जिल्ला, ललितपुर महा-नगरपालिका वडा नं. २२ पाटन बस्ने वर्ष २७ की रश्मी नेपाल, दोलखा जिल्ला, आरुघाट गाउपालिका वडा नं. ८ घर भई हाल का.जि. चौमती बस्ने वर्ष ११ की युनिका बराल, उदयपुर जिल्ला, रौतामाई गाउपालिका ०८ घर भई हाल का.जि. मनमैजु बस्ने वर्ष १४ की करिश्मा मगर रहेका छन् ।
डिस्चार्ज भएकाहरूमा
खोटाङ जिल्ला हलेशी तुवाचुङ नगरपालिका वडा नं. १० घर भई हाल ललितपुर पाटन ढोका बस्ने वर्ष १२ को त्रिसना मगर, सिन्धुपालचोक जिल्ला घर भई हाल ललितपुर जिल्ला चामुण्डा बस्ने वर्ष १२ की अन्जना तामाङ, धनकुटा जिल्ला घर भई हाल ललितपुर जिल्ला चाखुपाट बस्ने वर्ष १६ की निकिता मगर, बर्दिया जिल्ला, राजापुर नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौं जिल्ला नयाँबजार बस्ने वर्ष ३० की रेखा चौधरी, प्युठान जिल्ला खलङगा गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौं जिल्ला फुटुङ बस्ने वर्ष १६ की अनिसा के.सी., कैलाली जिल्लाभजनिया नगपालिका वडा नं. ३ घर भई हाल ललितपुर भैसेपाटी बस्ने वर्ष २५ की कल्पना चौधरी रहेका छन् ।
तेसैगरी सुनसरी जिल्ला धरान उप-महानगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला बनस्थली बस्ने वर्ष २२ की मन्दिरा बस्नेत, ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. २२ बस्ने वर्ष ४० की मिना थापा, रोल्पा जिल्ला घर भई हाल कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्र.ज. पृथ्वी बुढामगर, पाल्पाजिल्ला तानसेन नगरपालिका वडा नं. १४ घर भई हाल का.जि. लैनचौर बस्ने वर्ष २५ की निशा राना थापा रहेका छन् ।


