Close Menu
    What's Hot

    शिक्षा मन्त्रालयको द्रुत सर्वेक्षण अनुसार बाढीको कारण २८ शिक्षक, ५०० बढी विद्यार्थी सम्पर्क विहीन र १० हजारभन्दा बढी प्रभावित ।

    सरकारले भोटेकोशीको बाढीको कारण हराइरहेका मानिसहरुको खोजीकार्यका लागी आधुनिक विशेष उपकरण प्रयोग गर्ने ।

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २२ भाद्र २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २२ भाद्र २०८३, सोमबार

    सरकारले भोटेकोशीको बाढीको कारण हराइरहेका मानिसहरुको खोजीकार्यका लागी आधुनिक विशेष उपकरण प्रयोग गर्ने ।

    September 7, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सरकारले भोटेकोशीको बाढीको कारण हराइरहेका मानिसहरुको खोजीकार्यका लागी आधुनिक विशेषउपकरण प्रयोग गर्ने ।
    २०८३ भाद्र २२, सोमबार ।
    भदौ १० गते भोटेकोशीमा आएको कारण कयौ मानिसहरु हराइरहेको अवस्थमा अब आधुनिक उपकरणहरु प्रयोग गरी अनुसन्धान गर्ने भएको छ । कतिपय ठाउँमा घर कहाँ थियो भन्ने नै छुट्याउन मुस्किल हुने गरी माटो, ढुंगा र भग्नावशेष थुप्रिएका छन्। अहिलेको खोजी तथा उद्धारमा प्रविधि प्रयोग बढाउनुको उद्देश्य एउटै हो – जोखिमपूर्ण, आँखाले हेरेर पहिचान गर्न नसकिने वा सतहभित्र पुरिएका सम्भावित स्थानमा प्रविधिको सहायताले खोजीलाई थप सटिक बनाउने। यस्तो अवस्थामा उद्धारकर्मीका लागि सबभन्दा कठिन प्रश्न एउटै हुन्छ — सतहमुनि के छ? यही प्रश्नको उत्तर खोज्न सरकारले भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा अहिले केही विशेष उपकरण प्रयोग गर्ने तयारी गरेको छ।
    सरकारले प्रयोगमा ल्याउन लागेका उपकरणहरुमा ग्राउन्ड पेनिट्रेटिङ रडार (जिपिआर), लिडार, हाई–एकुरेसी लेजर मिटर लगायत छन्। यी उपकरणले लेदो र गेग्रानमुनि पुरिएका संरचना कहाँ छन्, त्यहाँ मानिस फसेका छन् कि छैनन्, उद्धार क्रममा कहाँबाट खन्ने वा प्वाल पार्ने र कति गहिराइसम्म काम गर्ने भन्ने पत्ता लगाउन फरक फरक ढंगले सहयोग गर्न सक्छन्।
    लिडार : जमिनको सतहको अवस्थिति र संरचना पहिचान तथा डिजिटल नक्सांकनका लागि प्रयोग हुने प्रविधि हो। बाढी प्रभावित क्षेत्रको पहिलो तस्बिर ड्रोनले दिन सक्छ। ड्रोनबाट खिचिएको तस्बिरले कुन ठाउँमा घर पुरिएको छ, कहाँ सडक अवरूद्ध छ, कहाँ ठूलो परिमाणमा लेदो माटो थुप्रिएको छ भन्ने देखाउन सक्छ। बाढीअघि र पछिको लिडार इमेज तुलना गर्दा कुन ठाउँको जमिन काटियो, कहाँ नयाँ माटो थपियो र भू–आकृति कति परिवर्तन भयो भन्ने पत्ता लगाउन सकिन्छ।
    लिडार प्रविधि उद्धारमा मात्र होइन, क्षतिको नक्सांकन र पुनर्निर्माण योजना बनाउन पनि उपयोगी हुन सक्छ। कुन ठाउँमा सडक थियो, कुन ठाउँमा नदीको धार थियो र बाढीपछि भू–आकृति कति बदलियो भन्ने बुझ्न सके पुनर्निर्माण कहाँबाट सुरू गर्ने भन्ने निर्णयमा पुग्न सहयोग हुने विज्ञहरू बताउँछन्।

    ग्राउन्ड पेनेट्रेटिङ राडार :
    यो एउटा आधुनिक भू भौतिकीय प्रविधि हो, जसको प्रयोग जमिनमुनि लुकेका वस्तुहरू, संरचनाहरू र पत्रह

    रू पत्ता लगाउन प्रयोग गरिन्छ। यो जमिन खनिरहनु नपर्ने एक अत्यन्तै सुरक्षित र भरपर्दो प्रविधि हो।
    जिपिआरले कुनै ठाउँमा मानिस पुरिएको वा फसेको संकेत दिएको अवस्थामा उद्धार टोलीले त्यहाँसम्म पुग्न ड्रिल गर्नुपर्ने हुन सक्छ। तर ड्रिल गर्ने क्रममा केही इन्च वा मिलिमिटर मात्रै दायाँ–बायाँ हुँदा पनि भित्र जीवितै रहेको व्यक्तिलाई चोट लाग्न सक्छ। १. तरङ्ग पठाउने
    २. परावर्तन गर्ने र
    ३. डेटा रेकर्डिङ
    राडारको रिसिभरले फर्केर आएका तरङ्गहरूलाई समात्छ र सिग्नल आउन लागेको समय र त्यसको शक्तिलाई रेकर्ड गर्छ। यसैको आधारमा कम्प्युटर स्क्रिनमा डिजिटल चित्र तयार हुन्छ।

    हाई एक्युरेसी लेजर मिटर।
    यो हाई एक्युरेसी लेजर मिटरको मुख्य काम दूरी, उचाइ र भूगोललाई सटिक

    रूपमा नाप्नु । उदाहरणका लागि, कुनै ठाउँमा ढुंगा वा माटोको थुप्रो कति अग्लो छ, दुई संरचनाबीच कति दूरी छ, सुरूङको कुनै भागसम्म कति गहिराइमा पुग्नुपर्छ भन्ने मापन गर्न यसले सहयोग गर्न सक्छ। खोजी कहाँ गर्ने, कति गहिराइसम्म जाने वा कुन दिशाबाट प्रवेश गर्ने भन्ने निर्णय अनुमानभन्दा ठोस मापनमा आधारित हुँदा जोखिम घटाउन सकिन्छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    शिक्षा मन्त्रालयको द्रुत सर्वेक्षण अनुसार बाढीको कारण २८ शिक्षक, ५०० बढी विद्यार्थी सम्पर्क विहीन र १० हजारभन्दा बढी प्रभावित ।

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा आज विशेष सम्बोधन ।

    व्यवसायीक प्रयोजनको लागी काठमाडौं उपत्यका बाहिरबाट आफै ग्यास ल्याउनुपर्ने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    शिक्षा मन्त्रालयको द्रुत सर्वेक्षण अनुसार बाढीको कारण २८ शिक्षक, ५०० बढी विद्यार्थी सम्पर्क विहीन र १० हजारभन्दा बढी प्रभावित ।

    शिक्षा मन्त्रालयको द्रुत सर्वेक्षण अनुसार बाढीको कारण २८ शिक्षक, ५०० बढी विद्यार्थी सम्पर्क विहीन र…

    सरकारले भोटेकोशीको बाढीको कारण हराइरहेका मानिसहरुको खोजीकार्यका लागी आधुनिक विशेष उपकरण प्रयोग गर्ने ।

    गृहमन्त्रालयद्धारा विभिन्न जिल्लाका सिडिओसहित २३ सहसचिव तथा उपसचिवको सरुवा ।

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना