सरकारले भोटेकोशीको बाढीको कारण हराइरहेका मानिसहरुको खोजीकार्यका लागी आधुनिक विशेषउपकरण प्रयोग गर्ने ।
२०८३ भाद्र २२, सोमबार ।
भदौ १० गते भोटेकोशीमा आएको कारण कयौ मानिसहरु हराइरहेको अवस्थमा अब आधुनिक उपकरणहरु प्रयोग गरी अनुसन्धान गर्ने भएको छ । कतिपय ठाउँमा घर कहाँ थियो भन्ने नै छुट्याउन मुस्किल हुने गरी माटो, ढुंगा र भग्नावशेष थुप्रिएका छन्। अहिलेको खोजी तथा उद्धारमा प्रविधि प्रयोग बढाउनुको उद्देश्य एउटै हो – जोखिमपूर्ण, आँखाले हेरेर पहिचान गर्न नसकिने वा सतहभित्र पुरिएका सम्भावित स्थानमा प्रविधिको सहायताले खोजीलाई थप सटिक बनाउने। यस्तो अवस्थामा उद्धारकर्मीका लागि सबभन्दा कठिन प्रश्न एउटै हुन्छ — सतहमुनि के छ? यही प्रश्नको उत्तर खोज्न सरकारले भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा अहिले केही विशेष उपकरण प्रयोग गर्ने तयारी गरेको छ।
सरकारले प्रयोगमा ल्याउन लागेका उपकरणहरुमा ग्राउन्ड पेनिट्रेटिङ रडार (जिपिआर), लिडार, हाई–एकुरेसी लेजर मिटर लगायत छन्। यी उपकरणले लेदो र गेग्रानमुनि पुरिएका संरचना कहाँ छन्, त्यहाँ मानिस फसेका छन् कि छैनन्, उद्धार क्रममा कहाँबाट खन्ने वा प्वाल पार्ने र कति गहिराइसम्म काम गर्ने भन्ने पत्ता लगाउन फरक फरक ढंगले सहयोग गर्न सक्छन्।
लिडार : जमिनको सतहको अवस्थिति र संरचना पहिचान तथा डिजिटल नक्सांकनका लागि प्रयोग हुने प्रविधि हो। बाढी प्रभावित क्षेत्रको पहिलो तस्बिर ड्रोनले दिन सक्छ। ड्रोनबाट खिचिएको तस्बिरले कुन ठाउँमा घर पुरिएको छ, कहाँ सडक अवरूद्ध छ, कहाँ ठूलो परिमाणमा लेदो माटो थुप्रिएको छ भन्ने देखाउन सक्छ। बाढीअघि र पछिको लिडार इमेज तुलना गर्दा कुन ठाउँको जमिन काटियो, कहाँ नयाँ माटो थपियो र भू–आकृति कति परिवर्तन भयो भन्ने पत्ता लगाउन सकिन्छ।
लिडार प्रविधि उद्धारमा मात्र होइन, क्षतिको नक्सांकन र पुनर्निर्माण योजना बनाउन पनि उपयोगी हुन सक्छ। कुन ठाउँमा सडक थियो, कुन ठाउँमा नदीको धार थियो र बाढीपछि भू–आकृति कति बदलियो भन्ने बुझ्न सके पुनर्निर्माण कहाँबाट सुरू गर्ने भन्ने निर्णयमा पुग्न सहयोग हुने विज्ञहरू बताउँछन्।
ग्राउन्ड पेनेट्रेटिङ राडार :
यो एउटा आधुनिक भू भौतिकीय प्रविधि हो, जसको प्रयोग जमिनमुनि लुकेका वस्तुहरू, संरचनाहरू र पत्रह

रू पत्ता लगाउन प्रयोग गरिन्छ। यो जमिन खनिरहनु नपर्ने एक अत्यन्तै सुरक्षित र भरपर्दो प्रविधि हो।
जिपिआरले कुनै ठाउँमा मानिस पुरिएको वा फसेको संकेत दिएको अवस्थामा उद्धार टोलीले त्यहाँसम्म पुग्न ड्रिल गर्नुपर्ने हुन सक्छ। तर ड्रिल गर्ने क्रममा केही इन्च वा मिलिमिटर मात्रै दायाँ–बायाँ हुँदा पनि भित्र जीवितै रहेको व्यक्तिलाई चोट लाग्न सक्छ। १. तरङ्ग पठाउने
२. परावर्तन गर्ने र
३. डेटा रेकर्डिङ
राडारको रिसिभरले फर्केर आएका तरङ्गहरूलाई समात्छ र सिग्नल आउन लागेको समय र त्यसको शक्तिलाई रेकर्ड गर्छ। यसैको आधारमा कम्प्युटर स्क्रिनमा डिजिटल चित्र तयार हुन्छ।
हाई एक्युरेसी लेजर मिटर।
यो हाई एक्युरेसी लेजर मिटरको मुख्य काम दूरी, उचाइ र भूगोललाई सटिक

रूपमा नाप्नु । उदाहरणका लागि, कुनै ठाउँमा ढुंगा वा माटोको थुप्रो कति अग्लो छ, दुई संरचनाबीच कति दूरी छ, सुरूङको कुनै भागसम्म कति गहिराइमा पुग्नुपर्छ भन्ने मापन गर्न यसले सहयोग गर्न सक्छ। खोजी कहाँ गर्ने, कति गहिराइसम्म जाने वा कुन दिशाबाट प्रवेश गर्ने भन्ने निर्णय अनुमानभन्दा ठोस मापनमा आधारित हुँदा जोखिम घटाउन सकिन्छ।

