Close Menu
    What's Hot

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १९ भाद्र २०८३, शुक्रबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १९ भाद्र २०८३, शुक्रबार

    मलेसियाले नेपालबाट २५ वटा म्यानपावर कम्पनीबाट मात्रै श्रमिक लैजाने निर्णयपछि विरोध उत्पन्न ।

    August 24, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    मलेसियाले नेपालबाट २५ वटा म्यानपावर कम्पनीबाट मात्रै श्रमिक लैजाने निर्णयपछि विरोध उत्पन्न ।
    २०८३ भाद्र ०८, सोमबार ।
    नेपालीहरुका लागी श्रम गन्तव्यको रुपमा रहदै आएको मलेसियाले नेपाल सहित १० स्रोत मुलुकहरूबाट श्रमिक लैजाने गरी म्यानपावर कम्पनीहरू सूचीकृत गरेको छ । नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुक मध्येको एक मलेसियाले नेपालबाट २५ वटा म्यानपावर कम्पनीहरू मार्फत मात्रै श्रमिक लैजाने भएको छ । मलेसियाको आप्रवासी श्रमिक केन्द्रिकृत व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस)मा सूचीकृत गरेर ती सूचीकृत म्यानपावरबाट मात्रै श्रमिक लैजाने भएको छ । उक्त प्रणालीमा मलेसियाले नेपालसहित बंगलादेश, श्रीलंका, म्यानमार, पाकिस्तान, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, भारत र फिलिपिन्सका म्यानपावर सूचीकृत गरेको छ ।
    यी हुन् नेपालबाट सूचीकृत म्यानपावरहरू ः
    १. फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालि
    २. लाल धनुष इन्टरनेसनल सर्भिस
    ३. नेपाल प्लेसमेन्ट एजेन्सी प्रालि
    ४. द रिभर ओभरसिज प्रालि
    ५. एसिया लिंक सर्भिसेज प्रालि
    ६. मोन्टाज ओभरसिज प्रालि
    ७. नेपाल एचआर सोलुसन प्रालि
    ८. स्काई पावर इन्टरनेसनल सर्भिसेज
    ९. ट्रस्ट नेपाल ओभरसिज प्रालि
    १०. एक्सेस पार्टनर्स प्रालि
    ११ ह्वाइट हर्स इन्टरनेसनल प्रालि
    १२. ट्रान्स एसिया इन्टिग्रेट सर्भिसेज प्रालि
    १३. बिएम. ओभरसिज प्रालि
    १४. इन्डो अरब म्यानपावर प्रालि
    १५. समयोग ओभरसिज प्रालि
    १६ ट्यालेन्ट ओभरसिज सर्भिसेज प्रालि
    १७. वाइड स्पेस इन्टरनेसनल
    १८. खोजी रिक्रुटमेन्ट सर्भिसेज प्रालि
    १९. ए.एन.एस. एसोसिएट्स प्रालि
    २०. अल–हयात म्यानेजमेन्ट सिस्टम प्रालि
    २१. अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्सेस
    २२. बिलिभेबल ओभरसिज प्रालि
    २३. डी स्क्वायर्ड ग्रुप
    २४. डी.डी. ह्युमन रिसोर्सेस ग्रुप प्रालि
    २५. प्यारामाउन्ट एम्प्लोयमेन्ट कन्सल्टेन्सी प्रालि
    मलेसियाको एफडब्लुसिएमएस पोर्टलमा रजिस्टर्ड एजेन्सी मार्फत मलेसिया जाने नेपाली श्रमिकहरूलाई २५ वटा नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थाहरूको सूची प्रकाशित गरी सोही इजाजतपत्र प्राप्त संस्थाहरूबाट मात्र श्रमिक पठाउने गरी एकाधिकार वा सिन्डिकेट गर्न लागेको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूको सन्दर्भमा मन्त्रालयको ध्यान आकर्षण भएको छ।’
    यसबारे श्रममन्त्री रामजी यादव र नेपालका लागि मलेसियाली कार्यवाहक राजदूत मोहम्मद फिरदौस अजमानसँग भेट तथा छलफल समेत भएको छ । छलफलमा श्रम आप्रवासन सम्बन्धी दुई देशका मुद्दाहरू आपसी द्विपक्षीय छलफल, परामर्श र सहमतीका आधारमा मात्र अगाडि बढाउन मन्त्री रामजी यादवले अनुरोध गरेको मन्त्रालयका सहसचिव एंव प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिएका छन्।
    संयुक्त प्राविधिक समितिबाट यस प्रकारका विषयवस्तुहरू छलफल तथा वार्ताका माध्यमबाट टुंग्याउन सकिने विषयमा समेत सम्झदारी भएको समेत उनको भनाइ छ । यस विषयमा श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई अहिले भइरहेकै अवस्थालाई कायम राख्न पत्राचार गरिएको समेत मन्त्रालयले जनाएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    अमेरिका र इरानबिच युद्ध अन्त्य गर्न ऐतिहासिक शान्ति सम्झौता ।

    चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान ।

    दिल्लीको जन्तरमन्त्ररमा न्यायाधीश तथा शिक्षा मन्त्रीको राजीनामा माग्दै विरोध प्रदर्शन ।

    लेबनानमा भएको युद्धविराम पछि खुल्ला भयो स्ट्रेट अफ हर्मुज ।

    पाकिस्तानको इस्लामाबादमा सुरक्षा व्यवस्था कडा, इरान र अमेरिकी प्रतिनिधिमण्डल बिच बार्ता चल्दै ।

    अमेरीका र इरान बिच दुई साताकोलागी युद्धविराम घोषणा ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।

    त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद…

    राजर्षिजनक विश्वविद्यालयमा शेक्षिक शत्र २०८३-०८४ बाट १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति ।

    संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य ।

    प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा आज विशेष सम्बोधन ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना