Close Menu
    What's Hot

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ५ श्रावण २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ५ श्रावण २०८३, मंगलवार

    अमेरिका र इरानबिच युद्ध अन्त्य गर्न ऐतिहासिक शान्ति सम्झौता ।

    June 19, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    अमेरिका र इरानबिच युद्ध अन्त्य गर्न ऐतिहासिक शान्ति सम्झौता ।
    २०८३ असार ०५, शुक्रबार ।
    अमेरिका र इरानबिच युद्ध अन्त्य गर्न ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसुद पेजेस्कियनले शान्ति सम्झौतामा बेग्लाबेग्लै हस्ताक्षर गर्नुभएको छ । अमेरिकाले इजरायलसँग मिलेर गत फेबु्रअरी २८ मा इरानमाथि आक्रमण गरेसँगै भीषण युद्ध सुरु भएको हो । यो युद्धमा इरानले उच्च नेतृत्व गुमाउनुका साथै ठुलो जनधनको
    क्षति भोगेको छ । अमेरिकाका राष्ट्रपति ट्रम्पले फ्रान्सको भर्साइल्स दरबारमा बुधबार आयोजित रात्रिभोजमा शान्ति सम्झौतामा डिजिटल हस्ताक्षर गर्नुभयो । त्यसलगत्तै इरानका राष्ट्रपति पेजेस्कियनले तेहरानमा डिजिटल हस्ताक्षर गर्नुभएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । शान्ति सम्झौताले शत्रुताको स्थायी अन्त्यको आह्वान गरेको छ । भर्साइल त्यही दरबार हो, जहाँ शताब्दीयौँदेखि युद्ध वा क्षेत्रीय विवादहरू अन्त्य गर्न धेरै ऐतिहासिक सम्झौतामा हस्ताक्षर भइसकेका छन् । ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई छेउमा राखेर शान्ति सम्झौताको प्रतिलिपिमा हस्ताक्षर गर्नुभयो । त्यसपछि ट्रम्पले कागजात र कलम अमेरिकाका विदेशमन्त्री मार्को रुबियोलाई हस्तान्तरण गर्नुभयो । अनि रात्रिभोजमा उपस्थित भएका सबैले ताली बजाए । रात्रिभोजबाट बाहिरिँदै गर्दा राष्ट्रपति ट्रम्पले शान्ति सम्झौतामा हस्ताक्षर भइसकेको पुष्टि गर्नुभयो ।
    —सैन्य कारबाहीको अन्त्य : लेबनानलगायत सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने ।
    —सार्वभौमसत्ता : एकअर्काको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने तथा आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने ।
    —अन्तिम सम्झौताको समयसीमाः अधिकतम ६० दिनभित्र वार्ता गरी विस्तृत सम्झौता गर्ने । म्याद थप गर्न सकिने ।
    —जहाजहरूको आवागमन : युद्धपूर्वकै अवस्थामा जहाजहरूको आवतजावत पुनः सुचारु गर्ने ।

    —हर्मुज जलमार्ग : पर्सियन खाडीबाट ओमानको समुद्र्रसम्म ६० दिनसम्म बिनाशुल्क व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने ।
    —पुनर्निर्माण योजना : इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि कम्तीमा तीन सय अर्ब अमेरिकी डलरको निश्चित योजना विकास गर्ने ।
    —प्रतिबन्धको पूर्ण अन्त्य : संयुक्त राष्ट्रसङ्घका प्रस्तावसहित इरानविरुद्धका सबै प्रकारका प्रतिबन्ध अन्त्य गर्ने ।
    —आणविक हतियार निषेध : इरानले आणविक हतियार खरिद वा विकास नगर्ने प्रतिबद्धता पुनः गर्ने ।
    —यथास्थिति कायम : अन्तिम सम्झौता नभएसम्म इरानको आणविक कार्यक्रम र अमेरिकाको सेना परिचालन यथास्थितिमा रहने ।
    —निर्यात र बैङ्किङ छुट : इरानी कच्चा तेल, पेट्रोलियम पदार्थ र सम्बद्ध बैङ्किङ-बिमा सेवाहरूका लागि अमेरिकी प्रतिबन्ध फुकुवा गर्ने ।
    —रोक्का सम्पत्ति फुकुवा : यो शान्ति सम्झौताको कार्यान्वयनसँगै इरानको रोक्का रहेका सम्पूर्ण कोष र सम्पत्ति प्रयोगका लागि उपलब्ध गराउने ।
    —अनुगमन संयन्त्र : शान्ति सम्झौताको कार्यान्वयन र भविष्यको सम्झौताको पालना सुनिश्चित गर्न एक कार्यकारी संयन्त्र स्थापना गर्ने ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान ।

    दिल्लीको जन्तरमन्त्ररमा न्यायाधीश तथा शिक्षा मन्त्रीको राजीनामा माग्दै विरोध प्रदर्शन ।

    लेबनानमा भएको युद्धविराम पछि खुल्ला भयो स्ट्रेट अफ हर्मुज ।

    पाकिस्तानको इस्लामाबादमा सुरक्षा व्यवस्था कडा, इरान र अमेरिकी प्रतिनिधिमण्डल बिच बार्ता चल्दै ।

    अमेरीका र इरान बिच दुई साताकोलागी युद्धविराम घोषणा ।

    अबुधाबीमा ड्रोन खस्दा घाइते भएका ७ जना मध्ये ६ डिस्चार्ज, १ को जनाको अवस्था सामान्य ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि…

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री  विष्णु पौडेललाई २५ दिन पछि साधारण तारेखमा छाड्न विषेश अदालतको आदेश ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना