पाकिस्तानको इस्लामाबादमा सुरक्षा व्यवस्था कडा, इरान र अमेरिकी प्रतिनिधिमण्डल बिच बार्ता चल्दै ।
२०८२ चैत्र २८, शनिबार ।
वार्ताकालागी इरानी संसदका अध्यक्ष मोहम्मद बाकर गालिबाफको नेतृत्वमा एक इरानी प्रतिनिधिमण्डल र अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबादमा छलफलमा छुटेका छन। जेडी भान्स चढेको ‘एयर फोर्स टू’ विमान इस्लामाबादमा अवतरण गरिसकेको छ। पछिल्लो २१ वर्षको लामो अन्तरालपछि कुनै अमेरिकी उपराष्ट्रपतिको यो पहिलो पाकिस्तान भ्रमण हो। यसअघि सन् २००५ मा तत्कालीन अमेरिकी उपराष्ट्रपति डिक चेनीले पाकिस्तानको भ्रमण गरेका थिए। इस्लामाबादमा हुने वार्ताका लागि जेडी वान्ससँगै अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकफ र राष्ट्रपतिका ज्वाइँ जारेड कुशनर पनि आएका छन्। पाकिस्तानले उच्च सुरक्षाको व्यवस्था मिलाएको छ ।
पाकिस्तानको इस्लामाबादमा सुरक्षा व्यवस्था कडा, इरान र अमेरिकी प्रतिनिधिमण्डल बिच बार्ता चल्दै ।
1 Min Read

