Close Menu
    What's Hot

    चक्रवाती आँधी “अर्नब”को सम्भावित असरलाई मध्यनजर गरेर सरकारद्धारा उच्च सतर्कता अपनाउन आग्रह ।

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १३ कार्तिक २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १३ कार्तिक २०८३, बिहीबार

    सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाए पाँच लाख रुपैयाँ क्षतिपूर्ति ।

    June 23, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाए पाँच लाख रुपैयाँ क्षतिपूर्ति ।
    २०८३ असार ०९, मंगलबार
    २०८३ जेठ २९ गते कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र टेम्पो धनी पक्ष (घनश्याम धामी र उनकी पत्नी धनादेवी धामी)बिच सहमति जुटेपछि धामी दम्पतीले सो रकम प्राप्त गरेका हुन् ।
    घटनाको छानबिन गर्न गठित समितिका संयोजक एवं सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्टले दुई पक्षबिच सहमति भएको जानकारी दिए । गत २९ जेठमा भीमदत्त राजमार्गअन्तर्गत कैलालीको चुरे क्षेत्रमा वनका कर्मचारीले धामी दम्पतीको टेम्पो भिरबाट खसालेका थिए । सो घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि सरकारी पक्षले गरिबमाथि अत्याचार गरेको भन्दै वन कर्मचारीको चौतर्फी आलोचना भएको थियो ।
    आलोचनापछि डिभिजन वन कार्यालयले वन क्षेत्रभित्रको अतिक्रमण हटाउने क्रममा गुड्न नमिल्ने अवस्थामा रहेको टेम्पोलाई बल प्रयोग गरी पन्छाउन खोज्दा भौगोलिक विकटताका कारण अनियन्त्रित भई दुर्घटनावश भिरमा खसेको दाबी गरेको थियो । तर, टेम्पो धनी धनादेवी धामीले आफ्नो टेम्पो चालु अवस्थामै रहेको र जानाजानी खसालिएको भन्दै १० लाख रुपैयाँ क्षतिपूर्ति, भत्काइएका घरटहराको पुनर्निर्माण र होल्डिङ सेन्टरमा बासको व्यवस्था हुनुपर्ने माग राखेकी थिइन् ।
    विवाद बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई १० असारसम्मको म्याद दिइए पनि मंगलबार नै दुवै पक्षबिच सहमति जुटेको हो । निर्देशक विष्टले धामी दम्पतीले वन क्षेत्रभित्र घर-टहरा बनाएर बस्नु नियमविपरीत भए तापनि मानवीय संवेदना र कर्मचारीको व्यवहारलाई हेरेर क्षतिपूर्ति दिएको बताए । “वन क्षेत्रमा घर(टहरा बनाउने कानुन छैन । वन कार्यालयले पटक(पटक हटाउन आग्रह गर्दा पनि उहाँहरूले अटेर गर्नुभएको देखिन्छ,” विष्टले भने, “त्यस दिन कर्मचारीले आवेशमा आएर वा झोंकमा टेम्पो खसालेको देखियो ।”
    उनले दुवै पक्षको कमजोरी रहेकाले मध्यमार्गी बाटो अपनाएर सहमति गराइएको बताए । “टेम्पो खसाल्नु कर्मचारीको गल्ती थियो भने गलत ठाउँमा व्यवसाय सञ्चालन गर्नु धामी दम्पतीको कमजोरी हो । छानबिनले यी दुवै पक्षलाई हेर्छ, तर भौतिक क्षति भएकाले पीडितलाई न्याय दिन क्षतिपूर्तिको व्यवस्था गरिएको हो,” विष्टले जानकारी दिनुभयो । टेम्पो भिरबाट खसालेको आरोपमा प्रहरीले १० जना वन कर्मचारीलाई पक्राउसमेत गरेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    चक्रवाती आँधी “अर्नब”को सम्भावित असरलाई मध्यनजर गरेर सरकारद्धारा उच्च सतर्कता अपनाउन आग्रह ।

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा बारे संसदीय समितिले थप अनुसन्धान गर्दै ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिक सहित २ जनाको मृत्यु ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    चक्रवाती आँधी “अर्नब”को सम्भावित असरलाई मध्यनजर गरेर सरकारद्धारा उच्च सतर्कता अपनाउन आग्रह ।

    चक्रवाती आँधी “अर्नब”को सम्भावित असरलाई मध्यनजर गरेर सरकारद्धारा उच्च सतर्कता अपनाउन आग्रह । २०८३ कार्तिक…

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    व्यवसाहीको वार्षिक कारोबार हेरेर ग्यासको खुद्रा बिक्रीमा प्यान बिल पनि प्रयोग गर्न सक्ने : प्रवक्ता, नेपाल आयल निगम

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना