सरकार एक्सप्रेस गाडी भएकाले गन्तव्यमा नपुगी नरोकिदैन – प्रधानमन्त्री बालेन्द्र शाह
२०८३ असार ०८, सोमबार ।
प्रधानमन्त्री वालेन्द्र शाहले सरकार एक्सप्रेस गाडी भएकाले गन्तव्यमा नपुगी नरोकिने बताउनुभएको छ । चितवनको भरतपुरमा आइतबारदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री शाहले यस्तो धारणा राख्नुभएको हो । “सरकार भनेको गाडी जस्तै हो । गाडीमा एक्सिलेटर मात्रै हैन । ब्रेक पनि लगाउनु पर्छ भन्नुभएको छ । हाम्रो गाडी एक्सप्रेस हो । यो गन्तव्यमा नपुगी रोकिँदैन । चिन्ता लिनुभएको छ । सबैलाई धेरै धेरै धन्यवाद,” कार्यक्रममा राजनीतिक पार्टीका प्रतिनिधि र वक्ताले दिएको सुझाव र लिनुभएको चिन्ताको प्रतिउत्तर दिँदै प्रधानमन्त्री शाहले भन्नुभयो । “हाम्रो गाडी अनियन्त्रित पनि छैन । वातावरण पनि मिलेर गएको छ,” उहाँको थप प्रस्टोक्ति थियो, “हावा कहिले यताबाट चल्छ कहिले उताबाट चल्छ भनेर चिन्ता लिइरहनु पर्दैन । हामीले बाढी ल्याएर खोला फर्काएका हौँ । यो खोला आफ्नो बाटोमा छ । अगाडि बढिरहन्छ ।” सरकार सञ्चालनप्रति गरिएको गुनासोमा प्रधानमन्त्री शाहले ढुक्क हुन सबैमा आग्रह गर्नुभयो । उहाँले राष्ट्रियता सवालमा सरकारप्रति शङ्का नगर्न पनि अनुरोध गर्नुभयो । “सरकार नियम कानुन मिच्दैन । तपाहरूले चिन्ता लिनु पर्दैन । सीमाबारे पनि चिन्ता लिनु पर्दैन,” उहाँले भन्नुभयो । सीमाका विषयमा संसद्मा यसअघि बोलेको सन्दर्भ उठाउँदै भारतको नाम नलिई प्रधानमन्त्रीले भन्नुभयो, “उहाँहरूले शङ्का उठाउनुभयो । हामीले भनेकाछौ, हामीसँग प्रमाण छ । कालापानी, लिपुलेक हाम्रो हो भन्ने हामीसँग प्रमाण छ । त्यो प्रमाण ल्याउन बेलायतको कुरा उठाएका हौँ । तेस्रो पक्षको मध्यस्थता खोजेका हैनाँ,” उहाँले प्रस्ट शब्दमा भन्नुभयो । आफूहरू छिमेकी देशसँग सीमा विवाद मिलाउन सक्षम रहेको पनि उहाँको दाबी थियो । फरक प्रसङ्गमा आफ्नो पार्टी विकासवादी भएको, काम गर्ने पार्टी भएको र कसैलाई प्रतिशोध लिने र निहुँखोज्ने पार्टी नभएको उहाँले स्पष्ट पार्नुभयो । तर विगतमा भएका गल्तीको अनुसन्धानक्रममा छानबिन गरेर कारबाही गरिने उहाँको प्रस्टोक्ति थियो ।
“विगतका दिनहरूमा कुनै फट्याइँ र सरकारी सम्पत्ति दोहोन भएको छ, सरकारी रकम दोहन भएको छ भने त्यो खोज्दै गर्दा अख्तियारलाई पाँच घण्टा मात्रै हैन, पाँच वर्ष राखेर पनि सोधपुछ गर्न सक्छौँ । त्यसमा चिन्ता लिनु पर्दैन,” उहाँको भनाइ थियो । सरकारले गर्ने काम कानुनसम्मत हुने पनि उहाँको दाबी छ । उहाँले निर्वाचनबाट आफूहरूले नभई जनताले जितेको बताउनुभयो । “हामीलाई फ्रन्टलाइनमा ल्याएको हैन, जनता फ्रन्टलाइनमा आएका हुन् । जनता सधैँ फ्रन्टलाइनमै रहन्छन्,”। उहाँले पार्टीको विषय उठाउँदै भन्नुभयो । उहाँले रास्वपा विकासवादी पार्टी भएको बताउनुहँुदै
कसैप्रति प्रतिशोध नलिई आफूहरू अगाडि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले नयाँ पार्टी नयाँ सोचसाथ अगाडि बढेको बताउनुभयो । “चुनावमा एउटा एजेन्डा बोक्ने हो । सधैँ एउटै एजेन्डा बोक्ने हैन । अर्को चुनावमा अर्कै एजेन्डा ल्याउनु पर्छ । हामी यही कार्यकालमा सुकुमवासी र सहकारी समस्या समाधान गर्छौ । अर्को चुनावमा अर्कै एजेन्डा लिएर आउँछौँ । आज, भोलि र पर्सि पार्टीबारे सोचौँ अनि देशबारे सोचाँैला ।”
सरकार एक्सप्रेस गाडी भएकाले गन्तव्यमा नपुगी नरोकिदैन – प्रधानमन्त्री बालेन्द्र शाह
3 Mins Read


