बजेट घोषणा हुनु भन्दा केही दिन अगाडी जाँचपास भएका इभिको विषयमा रसुवागढी भन्सार प्रमुख तुलसीप्रसाद भट्टराई सहित ९ कर्मचारी जिम्मेवारी बिहिन ।
२०८३ जेठ २३, शनिबार ।
बजेट घोषणा हुन केही दिनअघि विभिन्न भन्सार नाकाबाट विद्युतीय सवारी साधनको जाँचपास भएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समेतको नाम जोडने प्रयास भएको भन्दै अर्थमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ। उक्त प्रकरणमा रसुवागढी भन्सार प्रमुखसहित ९ कर्मचारीको जिम्मेवारी खोसिएको छ। रसुवागढी नाकामा भन्सार बिन्दुमै नआएका सवारी साधनको भन्सार जाँचपास भएको भन्ने सन्दर्भमा अर्थ मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।
छानबिन समितिले गरेको सिफारिसअनुसार जेठ २० गते थप अनुसन्धानका लागि रसुवागढी भन्सार नाकाका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारी मुक्त गरेर भन्सार विभाग तानिएको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ। मुस्ताङको कोरोला नाकाबाट भन्सार जाँचपास भएका कारका सन्दर्भमा पनि अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले स्थलगत रुपमा छानबिन प्रक्रिया अगाडि बढाइरहेको जानकारी सचिवालयले दिएको छ। छानबिनका लागि अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवद्धयसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको अनुसन्धान टोली यतिबेला पनि फिल्डमा रहेको जानकारी दिइएको छ। प्रारम्भिक रुपमा भन्सार छलीको आशङ्कामा सुरक्षाकर्मीको सहायतामा नियन्त्रणमा लिइएका कार र आयातकर्ता कम्पनीमाथि अनुसन्धान चलिरहेको छ । यसको विस्तृत विवरण आउन बाँकी रहेको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ।
बजेट घोषणा हुनु भन्दा केही दिन अगाडी जाँचपास भएका इभिको विषयमा रसुवागढी भन्सार प्रमुख तुलसीप्रसाद भट्टराई सहित ९ कर्मचारी जिम्मेवारी बिहिन ।
1 Min Read

