Close Menu
    What's Hot

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १८ श्रावण २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १८ श्रावण २०८३, सोमबार

    पर्यटक भिसाको उद्देश्य विपरीत गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक नियन्त्रणमा 

    June 4, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पर्यटक भिसाको उद्देश्य विपरीत गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक नियन्त्रणमा 

    मिति २०८३ जेठ २१ गते

    पर्यटक भिसामा नेपालमा बसोबास गर्दै भिसाको उद्देश्य विपरीत व्यावसायिक गतिविधिमा संलग्न रहेको आरोपमा आज दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिईएको छ। नियन्त्रणमा लिइएका दुवै जना पुरुष रहेका छन्।

    प्राप्त उजुरी तथा प्रारम्भिक अनुसन्धानका क्रममा निजहरूले सामाजिक सञ्जाल टिकटकमार्फत् प्रचारप्रसार गरी सम्पर्कका आधारमा विभिन्न खाद्य सामग्री बिक्री वितरण गर्दै आएको तथ्य खुलेको छ। उनीहरूले हिमाली क्षेत्रका स्याउ, ओखर, लसुन, किसमिसलगायत खाद्य सामग्री सस्तो मूल्यमा उपलब्ध गराउने भनी प्रचारप्रसार गरे तापनि बजार मूल्यभन्दा महँगो दरमा बिक्री गर्ने गरेको पाइएको छ।

    अनुसन्धानका क्रममा ती नागरिकहरूले दुई वर्षअघि विदेशी लगानी भित्र्याई “LIU JUN Hotel with Restaurant” स्थापना गर्ने उद्देश्यले व्यवसायिक (बिजनेस) भिसा प्राप्त गरे पनि प्रतिबद्धताअनुसार लगानी भित्र्याएको नदेखिएको तथा हाल पर्यटक भिसामा नेपालमा बसोबास गरिरहेको पाइएको छ।

    त्यसैगरी, उनीहरू सन् २०२४ मा चीनस्थित Tibet Huida International Trade तथा Xizang Shang Cheng Health Industries का बजार विश्लेषकको रूपमा नेपाल प्रवेश गरेको अभिलेख रहेको छ। नेपालमा रहँदा गैरकानूनी रूपमा व्यावसायिक गतिविधि सञ्चालन गर्ने उद्देश्यले नेपाली नागरिकको नाममा “Nepal Zangni Trading and Investment” नामक कम्पनी दर्ता गरी चिनियाँ कृषि फारामको नाममा व्यवसाय सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। उक्त कम्पनीको प्रचारप्रसार समेत टिकटकमार्फत् गर्ने गरेको पाइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

    नेपालको प्रचलित अध्यागमन कानूनबमोजिम विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा प्राप्त गरेको हो, सो बाहेक अन्य कार्य गर्न पाउने व्यवस्था छैन। भिसाको शर्त तथा उद्देश्य विपरीत गतिविधिमा संलग्न रहेको पाइएमा सम्बन्धित विदेशी नागरिकलाई अनुसन्धानपश्चात् प्रचलित कानूनबमोजिम जरिवाना गर्न, नेपालबाट निष्कासन गर्न तथा निश्चित अवधि वा अनिश्चित अवधिसम्म नेपाल पुनः प्रवेश गर्न नपाउने व्यवस्था रहेको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा चल्दै ।

    मन्त्रिपरिषद्ले गरेका निर्णयहरू: नौ विधेयक संसदमा लैजाने 

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss
    Main News

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । २०८३ साउन १६, शनिबार…

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना