आज दिनभरीका मुख्य मुख्य समाचारहरु हेर्नुहोस ।
२०८३ जेठ ०५, मंगलबार ।
१.नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ
राष्ट्रपति रामचन्द्र पौडलले सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई आज मंगलबार पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधानन्यायधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
२. आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु
**सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने,
**सैनिक सेवा छैटौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने,
**नेपाल राष्ट्र बैङ्क २०५८ लाई संशोधन गर्न बनेको विधेयक **सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय,
**नेपाल सरकार कार्यजन नियमावली २०८३ अनुसार हुने गरी **राजपत्रअङ्गत विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को निर्वाचन खर्च सार्वजनिक गरेको छ। आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गत फागुन २१ मा सम्पन्न निर्वाचन सञ्चालनका लागि भएको खर्च तथा वित्तीय व्यवस्थापनसम्बन्धी विवरण सार्वजनिक गरेको हो।




