Close Menu
    What's Hot

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १८ श्रावण २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १८ श्रावण २०८३, सोमबार

    सर्वोच्च अदालतले कर्मचारी समायोजन ऐन सम्बन्धमा आफ्नै नजिर बदर ।

    May 18, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सर्वोच्च अदालतले कर्मचारी समायोजन ऐन सम्बन्धमा आफ्नै नजिर बदर ।
    २०८३ जेठ ०४, सोमबार ।
    सर्वोच्च अदालतले कर्मचारी समायोजन ऐन अनुसार प्रदेशमा समायोजित कर्मचारीको बढुवामा सङ्घीय कानुन लागु हुने संयुक्त इजलासबाट प्रतिपादित नजिर बदर गरेको छ । डा. जगदीश जोशीविरुद्ध प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमसमेत विपक्षी भएको मुद्दामा प्रतिपादित नजिर पूर्ण इजलासले बदर गरेको हो । संयुक्त इजलासले सङ्घीय र प्रदेश कानुनको असङ्गति देखाई बढुवामा सङ्घीय कानुन लागु हुने नजिर स्थापित गरेको थियो । पूर्ण इजलासले उक्त नजिर बदर गरेको हो । न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनीलकुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूहको अधिकृत सातौँ तहका नरेशकुमार यादवको रिट यसअघिको नजिरलाई फैसलाको मितिदेखि नै लागु हुनेगरी बदर गरेको हो ।                                                     प्रदेश निजामती सेवा प्रदेशको एकल अधिकार रहेकाले कर्मचारी समायोजन ऐनको व्यवस्था आकर्षित नहुने पनि फैसलामा उल्लेख छ । कर्मचारी समायोजन ऐनबमोजिम प्रदेश वा स्थानीय तहमा समायोजन भइसकेपछि कर्मचारीको साबिकको सेवा समूहसँग कानुनी सम्बन्ध अन्त्य भई समायोजन भएको सेवाको कानुन र सर्त लागु हुने छ । विधायिकाले बनाएको कानुन संविधानसँग बाझिएको भन्ने विवादमा कानुन संविधानसँग बाझिएको वा नबाझिएको भनी बेग्लाबेग्लै व्याख्या गर्न सकिने अवस्थामा कानुन संविधानसँग नबाझिएको मान्यताले प्राथमिकता पाउने पनि फैसलामा उल्लेख छ । सर्वोच्चको पूर्ण व्याख्यामा भनिएको छ, “रिट नं. ०८०–डब्लुओ–०६७९ को व्याख्याले गर्दा प्रदेश निजामती सेवा संविधानतः एकल अधिकारको सूचीमा भए पनि व्यवहारमा त्यो अधिकार निरर्थक हुने अवस्था आउने देखिन्छ । किनभने कर्मचारीको हरेक सेवा सर्तमा समायोजित कर्मचारीको हकमा सङ्घीय कानुन लागु हुने भए प्रदेश सेवालाई एकल अधिकार अन्तर्गत राख्नुको कुनै अर्थ रहँदैन । जसका कारण अदालतको यस्तो व्याख्या संविधानको मनसाय प्रतिकूल हुन जान्छ ।”
    संंयुक्त इजलासले भने कर्मचारी समायोजन ऐनको दफा १५(३) को व्यवस्था अनुसार समायोजन भएका कर्मचारी समायोजन हुँदा लागु रहेको कानुनबमोजिमको तलब, उपदान, निवृत्तिभरण, उपचार खर्च र अन्य सुविधा सम्बन्धमा प्रतिकूल असर पर्नेगरी कानुन बनाउन नपाइने व्यवस्थामा टेकेर बढुवाका हकमा पनि सोही व्यवस्था लागु हुने फैसला गरेको थियो । सङ्घीय कानुनले बढुवाका लागि तल्लो तहमा तीन वर्ष काम गरेको अनुभव पुग्नेमा प्रदेशले पाँच वर्ष कायम गर्नु समायोजन ऐनको मर्मविपरीत हुने संयुक्त इजलासको निचोड थियो । सोही अनुसार जोशीका पक्षमा रिट जारीसमेत भएको थियो । तर पूर्ण इजलासले संविधानले प्रदेश निजामती सेवालाई स्वायत्त अधिकार दिएकाले सेवालाई गुणस्तर बनाउन सङ्घीय कानुनभन्दा भिन्न वा थप योग्यता तोक्न सक्ने पनि व्याख्यामा उल्लेख छ । सेवाको गुणस्तरका लागि थप योग्यता र सर्तहरू तोक्न प्रदेश स्वतन्त्र र स्वायत्त हुने पनि फैसलामा उल्लेख छ । कर्मचारी समायोजन ऐनको दफा १४ ले प्रदेश कानुनले तोकेको अवधि पूरा भएपछि सरुवा र बढुवा गरिने विषय प्रस्टसँग उल्लेख गरिएकाले बढुवाका हकमा प्रदेश कानुन नै पालना हुनुपर्ने पूर्ण इजलासको निष्कर्ष छ । चाँडो कानुन बनाउन ध्यानाकर्षण पूर्ण इजलासले सङ्घीय निजामती सेवासम्बन्धी कानुन चाँडो बनाउन पनि सरकारको ध्यानाकर्षण गरेको छ । नयाँ संविधान जारी भए पनि लामो समयसम्म सङ्घीय निजामती सेवा ऐन जारी नभएकाले प्रशासनिक सङ्घीयताले मूर्त रूप लिन नसकेको फैसलामा उल्लेख छ । कर्मचारी समायोजन ऐनले गरेको सङ्व्रmमणकालीन प्रबन्धमा व्यावहारिक जटिलतासमेत देखिएकाले चाँडो ऐन निर्माणका लागि अदालतले आदेशमा उल्लेख गरेको छ । सङ्घीय निजामती सेवा ऐन जारीका लागि अदालतले यसअघि गरेका आदेशको पनि स्मरण गराएको छ । पूर्ण इजलासको फैसलामा भनिएको छ, “यस अदालतबाट सङ्घीय निजामती सेवा ऐन निर्माण गर्नु भनी पटक पटक आदेश गर्दासमेत हालसम्म निर्माण नभएको, जसका कारण समायोजित कर्मचारीको सेवा सर्तमा अनिश्चितता रहिरहेको हुँदा सोको निराकरणका खातिर सङ्घीय निजामती सेवा ऐन यथासक्य चाँडो निर्माण गर्नु भनी सङ्घीय संसद् र नेपाल सरकारलाई पुनः ध्यानाकर्षण गराउने आदेश जारी गरिदिएको छ ।” सर्वोच्च अदालतले २०७९ माघ २४ गते निजामती सेवा ऐन नौ महिनाभित्र जारी गर्न आदेश दिएको थियो । उक्त आदेशको जानकारी सरकरले २०८० जेठमै पाए पनि विधायिकी प्रव्रिmयाले पूर्णता पाउन सकेको छैन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा चल्दै ।

    मन्त्रिपरिषद्ले गरेका निर्णयहरू: नौ विधेयक संसदमा लैजाने 

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss
    Main News

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । २०८३ साउन १६, शनिबार…

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना