Close Menu
    What's Hot

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १८ श्रावण २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १८ श्रावण २०८३, सोमबार

    सिंहदरबारको जग्गा सडक विस्तारका क्रममा अतिक्रमण ।

    May 17, 20265 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सिंहदरबार भित्र कै जग्गा अतिक्रमण ।
    २०८३ जेठ ०३, आइतबार ।
    खोलानाला, नदी र सडक किनारका मात्र नभई मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको जग्गासमेत मिचिएको (अतिक्रमणमा परेको) पाइएको छ । सडक विस्तार गर्दा दुवैतिरबाट जमिन लिनुपर्ने भए पनि एकातिरबाट जमिन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो । सिंहदरबारको जग्गा सडक विस्तारका क्रममा एकतर्फी रूपमा पर्खालभित्रबाटै मिचेर अतिक्रमण गरिएको हो । अनामनगरतर्फको सडक निर्माण गर्दा सिंहदरबारको ४६ रोपनी छ आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ । सिंहदरबारतिरबाट मात्र एकतर्फी जमिन लिएर सडक विस्तार गर्दा सिंहदरबारको जग्गा अतिक्रमणमा परेको हो । काठमाडौँ महानगरभित्र सरकारी, सार्वजनिक र गुठी जग्गाको अतिक्रमण अध्ययन र छानबिन गर्ने उद्देश्यसहित तत्कालीन सरकारले २०४९ सालमा गठन गरेको ‘ सरकारी तथा सार्वजनिक जग्गा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ (रावल आयोग) को प्रतिवेदन अनुसार सिंहदरबारको सो जग्गा अतिक्रमण भएको पाइएको हो । कुल ६९३ रोपनी नौ आना क्षेत्रफलको सिंहदरबारबाट ४६ रोपनी छ आना जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा औँल्याइएको छ । महानगरभित्र रहेका सरकारी, सार्वजनिक, ऐलानी, पर्ती, डहर, गुठी जग्गामा भएको अतिक्रमण, हिनामिना र गैरकानुनी उपभोगको सम्बन्धमा विस्तृत छानबिन गरी प्रतिवेदन पेस गर्न २०४९ पुस २६ गते उक्त आयोगको गठन गरिएको थियो । आयोगले तीन वर्ष लगाएर २०५२ सालमा सरकारलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा उल्लेख छ, “सिट नं. ११०५/२० र कित्ता नं. ९७ को क्षेत्रफल ६९३ रो पनी नौ आनाको सिंहदरबार क्षेत्रको जग्गा २०४७ सालमा सिंहदरबारको मूल परिसरदेखि उत्तर–दक्षिण र पूर्व दिशातिर सडक खोली ४२ रोपनी छ आना क्षेत्रफलको जग्गा बाटोमा समावेश हुन गई सिंहदरबार क्षेत्रको जग्गा घट्न गएको देखिन्छ ।” थप जमिन अन्यत्र घटेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेशप्रसाद भट्टले २०२१/२२ सालको नापी फिल्डबुक र २०४२–२०४६ सालमा गरिएको दोस्रो नापीको नक्सा आपसमा भिडाई अतिक्रमण भएको जग्गाको क्षेत्रफल छुट्याइएको जानकारी दिनुभयो । सरकारी जग्गा हिनामिनाबारे छानबिन गर्न गठित रामबहादुर रावल नेतृत्वको आयोगले उक्त जग्गा अतिक्रमण भएकोठहर गर्दै फिर्ता गराउन सिफारिस गरेको थियो । प्रतिवेदनमा जग्गा अतिक्रमण गर्ने व्यक्तिको सूची तयार गरी त्यस्ता व्यक्तिमाथि कारबाही गर्न र सरकारी जग्गा फिर्ता ल्याउन सिफारिस गरिएको थियो । मुलुक लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा धरै पटक सरकारको नेतृत्व परिवर्तन भए पनि तत्कालीन आयोगले बुझाएको प्रतिवेदनको कार्यान्वयनमा अहिलेसम्मका कुनै पनि सरकारले चासो देखाएका छैनन् ।          कसरी मिचियो सिंहदरबारको जग्गा ?                                                                                                                  प्रतिवेदन अनुसार २०४७ सालसम्म घट्टे कुलो बाट हनुमानस् थान पुग्ने सानो कुलो र पैदल बाटो थियो । त्यो कच्ची गोरेटो जस्तो बाटो थियो । दिउँसै पनि एक्लै हिँड्न कठिन हुने गरेको पाका मानिस बताउँछन् । सिंहदर बार गुरुयोजना अन्तर्गत पूर्वतर्फ (अनामनगर) सडक बनाउँदा बाटोको दुवैतर्फबाट बराबरी जग्गा लिनुपर्ने मापदण्ड तयार पारिएको थियो । सिंहदरबारको पूर्वपट्टि रहेका व्यक्तिका निजी जग्गा र खेत जोगाउनका लागि शतप्रतिशत जमिन सिंहदरबारतर्फबाट मात्रै लिइयो । सिंहदरबारबाहिरको उक्त क्षेत्रमा तत्कालीन समयमा उच्च तहमा रहेका सरकारी कर्मचारीको निजी जग्गा पर्ने हुनाले उनीहरूले गुरुयोजना नै उल्ट्याउन लगाएर सरकारी जग्गा मिचेर सडक बनाएको आयोगको दाबी छ ।
    यस्तो थियो गुरुयोजना                                                                                                                                            अहिलेको अनामनगर क्षेत्रका निजी जग्गासमेत अधिग्रहण गरी सिंहदरबारको क्षेत्रफल विस्तार गर्ने गरी गुरुयोजना तयार गरिएको थियो । २०३९ सालमा नै उक्त गुरुयोजना तयार गरिएकोे थियो तर सो गुरुयोजनाविपरीत २०४७ सालमा मन्त्रीपरिषद्को बैठकले न्युप्लाजादेखि अनामनगरसम्म बाटो विस्तार गर्ने निर्णय गरेको थियो । सिंहदरबार गुरुयोजनामा अनामनगरदेखि न्युप्लाजासम्म मात्र सडक विस्तार नगरी अनामनगरस्थित व्यक्तिको जग्गासमेत अधिग्रहण गरेर सिंहदरबारको क्षेत्रफल बढाउन सकिने प्रस्ताव थियो तर सडक विस्तारकाक्रममा निजी जग्गा अलिकति पनि नलिई सिंहदरबार पर्खालभित्रबाट मात्र सडक निर्माण गरियो । यसरी गुरुयोजनाविपरीत सडक विस्तार गर्दा सिंहदरबारको क्षेत्रफल विस्तार गर्नुको सट्टा अतिक्रमण गर्ने काम भयो । तत्कालीन सरकारले गुरु योजना कार्यान्वयन गर्न भौतिक योजना तथा निर्माणमन्त्री अच्युतराज रेग्मीको अध्यक्षतामा अधिकारसम्पन्न सिंहदरबार सचिवालय पुनर्निर्माण समिति गठन गरेको थियो । उक्त समितिले सिंहदरबार गुरुयोजना उल्टाएर सडक विस्तार गर्ने निर्णय गरेको थियो । प्रतिवेदन कार्यान्वयनको अवस्था                                                                                                                        सरकारी तथा सार्वजनिक जग्गा संरक्षणसम्बन्धी उच्चस्तरीय सो आयोगको प्रतिवेदन कार्यान्वयनको अवस्था निराशाजनक छ । दशकौँ सम्म पनि यो प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । करिब तीन दशकदेखि यो प्रतिवेदन सरकारी दराजमा थन्किएको छ । आयोगको सो प्रतिवेदन कार्यान्वयनका क्रममा अदालतको आदेशको समेत बेवास्ता गरिएको छ । सर्वोच्च अदालतले २०६७ सालमै रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न आदेश दिए पनि अहिलेसम्म उक्त आदेश कार्यान्वयनमा आएको छैन । आयोगले हदबन्दी नाघेको हजारौँ रोपनी जग्गा सरकारी नाममा ल्याउन सिफारिस गरे पनि सो कार्यान्वयन नभएको र थप छानबिनको नाममा प्रतिवेदन लुकाएर फेरि नयाँ समिति बन्ने गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत पटक पटक प्रतिवेदन पूर्ण कार्यान्वयनका लागि तत्कालीन भूमि सुधार मन्त्रालयलाई पत्राचार र निर्देशन दिएको भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।  गोरखापत्र दैनिक

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा चल्दै ।

    मन्त्रिपरिषद्ले गरेका निर्णयहरू: नौ विधेयक संसदमा लैजाने 

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss
    Main News

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । प्रधानमन्त्री बालेन शाहद्धारा आरोहीहरुको निधनप्रति दुःख व्यक्त।

    पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी बेपत्ता भएका सबै आरोहीहरुको निधन । २०८३ साउन १६, शनिबार…

    उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि आयल निगम टेकुबाटै एलपी ग्यास वितरण सुरु ।

    प्रधानमन्त्रीको सम्बोधन ।

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना