इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।
२०८३ बैशाख ३१, बिहिबार ।
इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरी ठेक्का हत्याएको आरोपमा सीआइबीले उनलाई पक्राउ गरेको मध्ये पूर्वमन्त्री विक्रम पाण्डेलाई ४ लाख धरौटीमा छोड्न र कम्युटर अपरेटर दिवाकर देउजालाई जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । पाण्डेसहित पक्राउ परेका ११ जनासँग अदालतले धरौटी मागेको हो । सो प्रकरणमा पक्राउ परेकामध्ये कम्युटर अपरेटर दिवाकार देउजालाई भने थुनामा राख्न अदालतले आदेश दिएको छ । ११ जना मध्ये सबैभन्दा बढी सञ्जल भट्टराई १० लाख धरौटी मागिएको छ । अमृत बोहोरालाई ४ लाख, जीवन कुमार दासलाई ५ लाख, प्रकाश ढुंगानालाई ४ लाख, सागर कटुवाललाई ५ लाख, र अनिल श्रेष्ठलाई ४ लाख धरोटी माग गरिएको छ । यस्तै, टंककुमार श्रेष्ठ, स्वदेश पोखरेल र ऋषिकेश गौंलीसँग पनि जनही ४–४ लाख धरौटी मागिएको हो ।
इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।
1 Min Read

