राष्ट्रिय परीक्षा बोर्डद्धारा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८, सोमबार ।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षाको आज राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो । यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् । नतिजा अनुसार कुल ६५.९८ प्रतिशतभन्दा बढी विद्यार्थी ग्रेडेड भएका छन्। बोर्डका अनुसार २ लाख ८४ हजार १६० जना ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ जना ननग्रेडेड भएका छन्।
३.६ देखि ४ जिपिए — ८३९२ जना
३.२ देखि ३.६ जिपिए — ८०३७२ जना
२.८ देखि ३.२ जिपिए — ९४२२२ जना
२.४ देखि २.८ जिपिए — ५५९७७ जना
२ देखि २.४ जिपिए — ५१९० जना
१.६ देखि २ जिपिए — ७ जना
सरकारले यसपालिदेखि एसइई परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने घोषणा गरे अनुसार वैशाख २९ को मिति तय गरिएको थियो। तर समयमै काम सकिएकाले एक दिनअगावै नतिजा सार्वजनिक गर्न लागिएको हो।
निम्न तरिकाबाट एसइई नतिजा हेर्न सकिने छ ः
राष्ट्रिय परीक्षा बोर्डद्धारा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
2 Mins Read


