Close Menu
    What's Hot

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार

    स्वास्थ्यमन्त्री निशा मेहताको सचिवालयद्धारा इन्धन दुरुपयोग भनी प्रचार गरीएको समाचार झुटो भएको प्रमाणीत, कर्मचारीलाई तनाब दिने नियत ।

    May 5, 20266 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्वास्थ्यमन्त्री निशा मेहताको सचिवालयद्धारा इन्धन दुरुपयोग भनी प्रचार गरीएको समाचार झुटो भएको प्रमाणीत, कर्मचारीलाई तनाब दिने नियत ।
    २०८३ बैशाख २२, मंगलबार ।
    स्वास्थ्यमन्त्री निशा मेहताको सचिवालयका सदस्य निरज कटुवालले वैशाख १५ गते बिहान करिब साढे दश बजे ह्वाट्सएप ग्रुपमा ‘जलेका गाडीको नाममा इन्धनको दुरुपयोग’ भन्दै एउटा सूचना प्रवाह गरे । जुन सूचनाभित्र स्वास्थ्य मन्त्रालयकै कर्मचारी संलग्न रहेको आरोप थियो । त्यही आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । एक साता लगाएर छानबिन गरेको समितिले मन्त्रीकै सचिवालयबाट प्रवाहित भएको सूचना झुटो भएको निष्कर्ष निकालेको छ ।
    मन्त्री मेहताको सचिवालयको हवाट्स एप ग्रुपमा उक्त समाचारमा भनिएको थियो, ‘जलेका गाडीको नाममा इन्धन दुरूपयोग : अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन ।’ मन्त्रीको सचिवालयबाट आएको सूचना विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तीव्र गतिमा फैलियो । यसले मन्त्रालयभित्र सरकारी कर्मचारीबाट नै ठूलो अनियमितता भएको सन्देश प्रवाह गर्‍यो । सचिवालयबाट उक्त विवरण बाहिरिएपछि मन्त्रालयको प्रशासन महाशाखामा कार्यरत उपसचिव मित्रप्रसाद घिमिरे आरोपको केन्द्रमा परे । जलेका गाडीका नाममा पेट्रोलको कुपन हिनामिना गरेको आरोप लगाउँदै उनीमाथि सामाजिक सञ्जालमा तीव्र आक्रमण सुरू भयो ।
    लोकसेवा आयोगको तयारीका लागि पाठ्य सामग्री लेख्ने र प्रशिक्षकका रूपमा चिनिएका घिमिरे माथि अचानक भ्रष्टाचारको आरोप लगाइयो । सामाजिक सञ्जालमा उनलाई लक्षित गर्दै अनेक टिप्पणी, आरोप र आलोचना फैलियो । मन्त्रीको सचिवालयबाट सार्वजनिक भएको अपुष्ट विवरणकै कारण उनी एकाएक विवादको केन्द्रमा तानिए । उक्त आरोप भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग जोडिएको थियो । आन्दोलनका क्रममा भदौ २४ गते राति काठमाडौंको रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अराजक समूहले आगजनी गरेका थिए । आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए ।
    पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने सचिवालयको जीकिर थियो । देशभरका स्वास्थ्य कार्यक्रमको अनुगमन र समन्वय गर्ने मुख्य निकाय रहेको उक्त मन्त्रालयको भवनमा भएको आगजनीले ठूलो क्षति पुर्‍यायो । विश्वकै तीनमध्ये एक वास्तुशिल्प चिनाउने स्वास्थ्य मन्त्रालयको भवन खण्डहर बन्यो । परिसरमा रहेका धेरै सरकारी सवारी साधन जलेर नष्ट भए । त्यसपछि स्वास्थ्य मन्त्रालयको कामकाज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनबाट भयो । गत मंसिरमा सिंहदरबारको दक्षिण–पश्चिम क्षेत्रमा रहेको नेपाली सेनाको नरसिंह दल गणको खाली जग्गा र भवन फेला पर्‍यो । मंसिरबाट स्वास्थ्य मन्त्रालय सिंहदबार छिर्‍यो । अहिले टिनको डिब्बाबाट मन्त्रालय कामकाज सुरू भएको छ । कतिपय काम अझै परिषद्बाट नै भइरहेको छ ।
    छानबिनले गर्‍यो आरोप खारेज
    मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार, उक्त विषयको सत्यतथ्य पत्ता लगाउन १५ वैशाखमा सहसचिवस्तरको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले जलेका सवारीसाधनका नाममा इन्धन निकासा भएको भन्ने दाबी गलत प्रमाणित गरेको बताएका छन् । डा. अधिकारीका अनुसार जलेका सवारीसाधनसम्बन्धी प्रहरी मुचुल्का, इन्धन निकासासम्बन्धी अभिलेख (अर्धकट्टी), भुक्तानी विवरण लगायत कागजातहरूको अध्ययन र विश्लेषणपछि यस्तो निष्कर्ष निकालिएको हो । ‘जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष समितिले निकालेको छ,’ डा. अधिकारीले भने । तर मन्त्रीको सचिवालयबाटै उक्त आरोप सार्वजनिक भएको विषयमा मन्त्रालय भने मौन देखिएको छ । बरु मन्त्रालयले दोष सञ्चारमाध्यमतर्फ मोड्ने प्रयास गरेको छ । डा.अधिकारीले जारी गरेको वक्तव्यमा अपुष्ट र भ्रम फैलाउने सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ । यस्ता विषय सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नफैलाउन सबै सरोकारवालालाई अनुरोध गरेका छन् । मन्त्रालयले भने पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति प्रतिबद्ध रहेको दाबी गरेको छ । लगातार एक सातासम्म सामाजिक सञ्जालमा आरोप र आलोचनाको सामना गरेका घिमिरेले सामाजिक सञ्जालमार्फत लामो प्रतिक्रिया सार्वजनिक गरेका छन् ।
    घिमिरेले आरोपका कारण आफू र आफ्नो परिवारले गहिरो पीडा भोग्नुपरेको बताएका छन् । ‘कहिलेकाहीँ जीवनले यस्तो मोड ल्याउँछ, जहाँ सत्य भएर पनि आफूलाई प्रमाणित गर्नुपर्छ,’ उनले लेखेका छन्, ‘ निराशा, पीडा र अनेक प्रश्नहरुबीच पनि मैले सत्यप्रतिको विश्वास कहिल्यै गुमाइन् ।’ छानबिनपछि निर्दोष सावित भएको खबर सार्वजनिक हुँदा मन हलुका भएको घिमिरेले बताएका छन् । घिमिरेले अझ मजबुत संकल्पका साथ इमान्दारिता, पारदर्शिता र सेवाको मार्गमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
    मन्त्री मेहताका काममा प्रश्न :                                                                                                                                  मन्त्री बनेको एक महिनामै मेहता पटक-पटक विवादमा परेकी छन् । स्वास्थ्य बीमा बोर्डको सदस्यमा जुनु श्रेष्ठलाई पुनः नियुक्ति गरिन् । आफैं विवादमा तानिने भएपछि नियुक्ति पत्र नै गायब बनाइन् । यो प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साह १४ दिनमै पदमुक्त भए । तत्कालीन श्रममन्त्री साहले पदीय शक्ति दुरुपयोग गरी आफ्नी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियमविपरीत सक्रिय गराएका थिए । रास्वपाले साह पदीय दुरुपयोग गरेको भन्दै मन्त्री पद खोस्यो । मन्त्रालय मातहतको निकायमा भएको गम्भीर विषयमा रास्वपाले मन्त्री मेहतालाई चेतावनी दियो । मन्त्रालयको नेतृत्व सम्हालेपछि स्वास्थ्य प्रणाली सुधारका दीर्घकालीन काममा ध्यान दिनुपर्ने ठाउँमा मन्त्री मेहताले सानातिना प्रशासनिक निर्णयमै समय खर्च मन्त्रालयका अधिकारीहरू बताउँछन् । मन्त्रीको एक महिनाको गतिविधि हेर्दा हतारमा निर्णय गर्ने र केही समयपछि त्यही निर्णय सच्याउने प्रवृत्ति हावी भएको देखिन्छ । स्वास्थ्य कर्मचारीलाई दुई दिन बिदा दिने निर्णयदेखि काज सरुवामा काखापाखा गरेको उनीमाथी आरोप छ ।
    सरकारले सार्वजानिक क्षेत्रमा हप्ताको दुई दिन बिदा दिँदा स्वास्थ्य मन्त्रालयले आइतबार सेवा सञ्चालन गर्ने निर्णय लियो । तर मन्त्री मेहताले आफूले गरेको उक्त निर्णयमा अडिग रहन सकिनन् । चिकित्सक संघ लगायतका स्वास्थ्यकर्मीका संगठनले दिएको दबाबका कारण मेहताले उक्त निर्णयलाई उल्टाउँदै आइतबार ओपीडी सेबा बन्द गर्ने निर्णय गरिन् । जसका कारण अहिले वीर, टिचिङ लगायका केन्द्रीय अस्पतालका सेवा झनै भद्रगोल बन्न पुगेको छ ।
    औषधि व्यवस्थापनसँग सम्बन्धित निर्णयमाथि पनि प्रश्न छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालमाथि ५० वटा औषधिको मूल्य अस्वाभाविक रूपमा बढाएको आरोप लागेपछि उनलाई मन्त्रालय तानिएको थियो । घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरिए पनि प्रक्रियागत कमजोरीका कारण समिति सुरुवातमै विवादमा परेको छ । विज्ञहरूसँग पर्याप्त परामर्श नगरी समिति बनाइएकाले केही विज्ञहरूले सदस्य बन्न अस्वीकार गरेपछि अर्को समिति गठन भयो । त्यो समितिले पनि अहिलेसम्म प्रभावकारी काम गर्न सकेको छैन ।
    ढकाल महानिर्देशक रहँदा ११औँ तहका कर्मचारी भरत भट्टराई विभागअन्तर्गतको राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक थिए । तर मन्त्री मेहताले विभाग र प्रयोगशालाको संरचना स्पष्ट रूपमा नबुझी प्रयोगशालालाई विभागसरह समानान्तर निकाय ठानेर १०औँ तहकी कर्मचारी शिवानी खड्गीलाई निमित्त निर्देशक नियुक्त गरिन् । यो निर्णयले प्रशासनिक मर्यादा र पदानुक्रममाथि गम्भीर प्रश्न उठायो । ११औँ तहका वरिष्ठ कर्मचारीले १० औँ तहका कनिष्ठ कर्मचारीको निर्देशन मान्नुपर्ने अवस्था सिर्जना भएपछि कर्मचारी वृत्तमा चर्को असन्तुष्टि छ । विवाद बढेपछि मात्रै मन्त्रीले वास्तविक अवस्था बुझेर भट्टराईलाई हतार–हतार मन्त्रालय तानेकी थिइन् । स्रोत अनलाईन

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश । 

    सरकारद्धारा आ.व. २०८३.०८४ को लागी नीति तथा कार्यक्रम प्रस्तुत

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका…

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना