Close Menu
    What's Hot

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार

    गृहसचिव राजकुमार श्रेष्ठले सशस्त्रका नवनियुक्त आइजिपी नारायणदत्त पौडेललाई लगाइदिए दर्ज्यानी चिह्न ।

    May 4, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    गृहसचिव राजकुमार श्रेष्ठले सशस्त्रका नवनियुक्त आइजिपी नारायणदत्त पौडेललाई लगाइदिए दर्ज्यानी चिह्न ।

    २०८३ बैशाख २१, सोमबार ।

    सशस्त्रका आइजिपी राजु अर्याल वैशाख १८ गतेदेखि अवकाश हुने भएपछि वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको १३औं आइजिपीमा नारायणदत्त पौडेललाई नियुक्त गरेको थियो। सशस्त्र प्रहरी बलका नवनियुक्त आइजिपी नारायणदत्त पौडेलले आज सोमबार गृहसचिव राजकुमार श्रेष्ठद्धारा दर्ज्यानी प्रदान गरेको छन्। अब उहाँ आइजिपी भैसके पछि संस्थाकालागी  विभिन्न चुनौतीहरु सामना गर्नुपर्ने छ ।

    सरुवा, बढुवा र पदस्थापनलाई थप पारदर्शी, पूर्वानुमान योग्य बनाउन सूची प्रकाशनसम्म गर्ने काम अर्यालको पालामा भएको थियो । अब यसलाई निरन्तरता दिएर सरुवा बढुवालाई पूर्वानुमान बनाइराख्ने चुनौती नवनियुक्त आईजीपी पौडेलमाथि छ । अनलाइन बिदा प्रणाली र युनिटहरूमा डिजिटल हाजिरीको सुरुवात, आर्थिक पारदर्शिताका लागि ‘डिसिप्लिनसरी ट्र्याकिङ एन्ड एक्सन युनिट’ स्थापना गरिएको छ । यसले आर्थिक अनियमिततामा कोही सशस्त्र प्रहरी देखिएमा छानबिन गरेर कारबाहीसम्म गर्दै आएको छ । यस्ता युनिटहरूलाई चलायमान बनाएर थप प्रभावकारी बनाउने काममा पौडेलले कति सक्रियता देखाउँछन् भन्ने प्रश्न पनि सँगै उठेको छ । सीमा सुरक्षालाई थप चुस्त राख्ने भन्दै अहिले सीमामा थप निगरानी बढाइएको छ । बालेन शाह नेतृत्वको सरकार गठन भएपछि पनि अहिले सीमामा सशस्त्र प्रहरीका थप जनशक्ति खटाइएको छ । राजस्व चुहावटदेखि, तस्करी, आपराधिक गतिविधि, क्रस बोर्डर क्राइम जस्ता विषयहरू दिनहुँजसो बढिरहेका छन् ।

    सशस्त्रका आइजिपी नारणदत्त पौडेलको परिचय।

    उनले २०५४ सालमा प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरीबाट सेवा सुरु गरेका थिए र २०५८ सालमा सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका हुन्। एमए सम्म अध्ययन गरेका पौडेल करिब तीन दशक लामो सुरक्षा सेवाको अनुभव भएका अधिकारीका रूपमा चिनिन्छन्। सेवाकालमा उनले रोल्पामा स्ट्राइकिङ टोली कमाण्डरदेखि झापाको बिर्तामोड इलाका प्रहरी कार्यालय प्रमुखसम्मका जिम्मेवारी सम्हालेका थिए।त्यसपछि सशस्त्र प्रहरी बलमा उनले दाङ, बर्दिया लगायतका क्षेत्रमा सुरक्षा नेतृत्व गर्दै सीमा सुरक्षा, प्रशासन, मानव स्रोत तथा कार्य विभागमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। पौडेलले सशस्त्र प्रहरीको नायव उपरीक्षकदेखि अतिरिक्त महानिरीक्षक हुँदै आइजिपीसम्मको यात्रा तय गरेका हुन्।उनी लुम्बिनी र गण्डकी प्रदेशका बाहिनीपतिको रूपमा समेत काम गरिसकेका छन्।उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत लाइबेरिया र कोसोभोमा पनि सेवा गरेका छन्। साथै अमेरिका, इटाली, चीन, श्रीलंका लगायत देशमा सुरक्षा, आतंकवाद नियन्त्रण र नेतृत्व विकाससम्बन्धी तालिम लिएका छन्।उत्कृष्ट सेवाका लागि पौडेलले सुप्रबल जनसेवाश्री, प्रबल जनसेवाश्री, गोरखा दक्षिणबाहु लगायतका पदक प्राप्त गरेका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश । 

    सरकारद्धारा आ.व. २०८३.०८४ को लागी नीति तथा कार्यक्रम प्रस्तुत

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका…

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना