तत्कालीन महान्याधिवक्ता सबिता भण्डारीले रवि लगायतको कसुर संशोधन गर्ने निर्णय विरूद्धको रिटमा आज सुनुवाइ हुँदै ।
२०८३ बैशाख १७, बिहीबार ।
आज बिहीबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलास रवि लामिछाने लगायतको प्रतिवादीको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने रिटमाथि सुनुवाइ हुन लागेको छ। यसअघि वैशाख १० गतेका लागि उक्त रिटमाथिको सुनुवाइका लागि पेसी तोकिएको थियो। तर महान्यायाधिवक्ताको तर्फबाट स्थगित गरिएको थियो। चैत १५ गते न्यायाधीश शर्मा र मुसलमानको इजलासले आठ वटा प्रश्नको व्याख्या गर्नुपर्ने भन्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो।
रविका हकमा तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले पुस ३० गते सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा संशोधन गर्ने निर्णय गरेकी थिइन्। तर त्यसको केही दिनपछि माघ २ गते त्रुटि सच्याइएको भन्दै सबै प्रतिवादीहरूविरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्न निकास दिइएको थियो। यसमा फरार रहेका जिबी राईसहित अन्य सबै प्रतिवादीहरूको समेत मुद्दा संशोधन गर्ने निर्णय गरिएको थियो। महान्यायाधिवक्ता भण्डारीले उक्त निर्णय गरेपछि सर्वोच्च अदालतमा तीन वटा रिट परेको थियो।
तत्कालीन महान्याधिवक्ता सबिता भण्डारीले रवि लगायतको कसुर संशोधन गर्ने निर्णय विरूद्धको रिटमा आज सुनुवाइ हुँदै ।
1 Min Read


