Close Menu
    What's Hot

    काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे २० गते सम्म निवेदन दिन पाइने ।

    विपक्षको बिरोधका बीच सभामुख अर्यालले गरे प्रतिनिधिसभा नियमावली पारित ।

    एसियन गेम्स छनोटमा चीनमाथि नेपालले २२१ रनको जित ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १९ जेष्ठ २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १९ जेष्ठ २०८३, मंगलवार

    रेडियो सञ्चालकहरूको छाता संगठन वान भित्र चरम विवाद

    April 28, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    रेडियो सञ्चालकहरूको छाता संगठन वान भित्र चरम विवाद .
    २०८३ बैशाख १५, मंगलबार ।

    रेडियो सञ्चालकहरूको छाता संगठन ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल (वान) भित्रको आन्तरिक विवाद अहिले उत्कर्षमा पुगेको छ । आर्थिक अनियमितता, अनुशासनको कारबाही र संस्थागत आधिकारिकताको लडाइँले गर्दा यो संस्था विभाजनको सँघारमा पुगेको मात्र छैन, दुई पक्षले छुट्टाछुट्टै अधिवेशन आह्वान गरेपछि सदस्य रेडियो सञ्चालकहरू अन्योलमा परेका छन् । नेपाली निजी रेडियोहरूको छाता सङ्गठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (वान) अहिले गम्भीर आर्थिक अपराध, कार्यकक्षमै हातहालाहाल र संस्थागत कब्जाको ‘चेपुवा’मा परेको छ । संस्थाका जिम्मेवार पदाधिकारी नै लाखौँ रुपैयाँ हिनामिना र मानव तस्करी जस्तो जघन्य अपराधमा मुछिएको तथ्य बाहिरिएपछि वानको विवाद प्रहरी र प्रशासनको ढोकासम्म पुगेको हो ।
    ९ लाखभन्दा बढी नगद व्यक्तिगत खातामा, बिल–भौचर गायब
    विवादको मुख्य जरो २०८० माघ ३ गते बसेको सचिवालय बैठकमा पुगेर जोडिन्छ । संस्थामा व्यापक आर्थिक अनियमितता भएको भन्दै छानबिन समितिको प्रतिवेदनमाथि छलफल सुरु भएपछि तत्कालीन महासचिव नवीन राईले संस्थाको विधान विपरीत कार्य गरेको र कार्यालयमा ताल्चा लगाएको आरोप लागेको थियो । छानबिन समितिले राईले करिब ९ लाख ५५ हजार ७ सय ७६ रुपैयाँ हिनामिना गरेको प्रतिवेदन सार्वजनिक गरेपछि उनलाई कारबाही गरिएको थियो ।
    तर, तिनै कारबाहीमा परेका राईले आफू नै आधिकारिक रहेको दाबी गर्दै २१औं साधारण सभा तथा आठौँ अधिवेशन आह्वान गरेपछि विवादले उग्र रूप लिएको हो । यति मात्र होइन, महासचिव राईमाथि यसअघि नै मानव तस्करीको आरोप लागेको र सो सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी समेत रहेको बुझिएको छ।
    कोषाध्यक्षको वासलातमाथि प्रश्न
    संस्थाको तेस्रो केन्द्रीय कार्यसमितिको बैठकमा आर्थिक अनियमितताको विषय उठ्दा पदाधिकारीहरूबीच हातहालाहाल समेत भएको छ। स्रोतका अनुसार कोषाध्यक्षले बुझाएको प्रारम्भिक वासलात (द्यबबिलअभ क्जभभत) मा समेत व्यापक फेरबदल र कैफियत पाइएको छ। उक्त वासलातको आधिकारिकता जाँच गर्न ‘फरेन्सी जाँअधिवेशनः वैधानिकताको लडाइँने तयारी भइरहेको छ, जसले आर्थिक म्यानुपुलेसन भएको पुष्टि गर्ने आधार दिनेछ ।
    दुई समानान्तर अधिवेशनः वैधानिकताको लडाइँ
    आर्थिक अनियमितता र साइबर क्राइमसहितका गम्भीर आरोप खेपिरहेका पदाधिकारीहरूले अहिले संस्थाको लेटरप्याड दुरुपयोग गर्दै अनधिकृत रूपमा महाधिवेशनको भ्रम फैलाइरहेका छन्। उता* संस्थाका अध्यक्ष कुमार भट्टराईले भने वैशाख २४ र २५ गते पोखरामा महाधिवेशन गर्ने निर्णय भइसकेको जानकारी दिएका छन् । अध्यक्ष भट्टराईले प्रश्न गरेका छन् ‘केन्द्रीय समितिको बैठक बसेको छैन, लेखा परीक्षण (ब्गमष्त) भएको छैन, आर्थिक हिनामिनाको उजुरी प्रशासनमा छ, यस्तो अवस्थामा कारबाहीमा परेका व्यक्तिले कसरी अधिवेशन गर्न सक्छन्? यो सरासर भ्रम र गैरकानुनी कार्य हो ।’
    प्रशासन र प्रहरीको निगरानीमा ‘वान’
    अहिले यो विवाद जिल्ला प्रशासन कार्यालय काठमाडौँ र कास्कीमा पुगेको छ । नक्कली सदस्य खडा गर्ने, संस्थाको कागजात किर्ते गर्ने र आर्थिक हिसाब मिलान नगर्ने समूहविरुद्ध प्रशासनले कडा निगरानी थालेको छ। वरिष्ठ उपाध्यक्ष उज्ज्वल आचार्य र नवीन राई समूहले आफूलाई आधिकारिक दाबी गरे पनि आर्थिक प्रतिवेदन र विधानको पालनाका आधारमा उनीहरूको दाबी कमजोर देखिएको छ ।
    रेडियो जस्तो जिम्मेवार सञ्चार माध्यमको नेतृत्व गर्ने संस्थाभित्र देखिएको यो ‘सिन्डिकेट’ र आर्थिक अपराधले रेडियो सञ्चालकहरूको शिर निहुराएको छ । अबको महाधिवेशनले संस्थालाई शुद्धीकरण गर्छ वा थप विवादमा धकेल्छ, त्यो प्रशासनको आगामी कदममा भर पर्ने देखिन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    परीक्षा नियन्त्रण कार्यालयद्धारा एक, दुई दिनमा एसईईको नतिजा सार्वजनिक गर्दै, यसरी हेर्नुहोस नतिजा ।

    सरकारले सिफरिस गरेका ८ अध्यादेश मध्ये राष्ट्रपतिद्धारा ७ अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागी फिर्ता ।

    आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशनरप्रशारण नगर्न जानकारी गरेको छ ।

    नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई सोधेको स्‍पष्टीकरण फिर्ता लिने तयारी ।।

    १२ संसदीय समिति सभापति निर्वाचित ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss

    काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे २० गते सम्म निवेदन दिन पाइने ।

    २०८३ जेठ १८, सोमबार । छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी छनोटका लागि काठमाण्डौ महानगरपालिकाले गत जेठ…

    विपक्षको बिरोधका बीच सभामुख अर्यालले गरे प्रतिनिधिसभा नियमावली पारित ।

    एसियन गेम्स छनोटमा चीनमाथि नेपालले २२१ रनको जित ।

    अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आ.व. २०८३.०८४ को लागी २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना