नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी । ।
२०८३ बैशाख ०७, सोमबार ।
सर्वोच्च अदालतको निर्णय नआउदै देउवा पक्षीय पूर्णबहादुर खड्काले कार्यबाहक सभापतिको रुपमा समानान्तर गतिविधि गर्दै आएको भनी नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण सोधेको थियो । हिजो बेलुका गगन थापा र पूर्णबहादुर खड्का बिच भएको भेटवार्ता पछि उक्त निर्णय फिर्ता लिने भएको छ ।
सानेपामा सोमबार दिउँसो बस्ने अनुशासन समितिको बैठकले नेता खड्कालाई सोधेको सात दिने स्पष्टीकरण फिर्ता लिने भएको हो । उनले २ चैतमा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेका थियो । अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्यता सकिएको ठहरसहित फिर्ता लिने लागिएको बताइएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी ।।
1 Min Read


