Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार

    स्पेनको कन्सुलेट अफिस (काठमाण्डौ)बाट हुने प्रमाणीकरण प्रक्रिया रोकिएपछि हजारौं नेपाली प्रभावित ।

    April 26, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्पेनको कन्सुलेट अफिस (काठमाण्डौ)बाट हुने प्रमाणीकरण प्रक्रिया रोकिएपछि हजारौं नेपाली प्रभावित ।
    २०८३ बैशाख १३, आइतबार ।
    स्पेनले हालै सुरु गरेको असाधारण कानुनीकरण प्रक्रियाले विदेशमा कागजात बिना नै बसोबास गरिरहेका वैधानिक हैसियत दिने लक्ष्य राखेको छ। यसले धेरै नेपालीमा आशा जगाएको छ। स्पेनले आप्रवासीका लागि थालेको असाधारण कानुनीकरण प्रक्रियाले हजारौं नेपालीमा ठूलो आशा जगाएको छ । तर, त्यो आशा अहिले कागजी झन्झट र प्रशासनिक जटिलताबीच अन्योलमा परिणत भएको छ। सन् २०२५ डिसेम्बर ३१ अघि स्पेन आएका र कम्तीमा पाँच महिनादेखि लगातार बस्दै आएका आप्रवासीलाई वैधानिकता दिने उद्देश्यले स्पेन सरकारले यो प्रक्रिया सुरु गरेको हो । यो प्रक्रिया आगामी जुन ३० सम्म मात्रै खुला रहनेछ ।
    प्रक्रियामा मुख्य रूपमा आपराधिक अभिलेख नभएको प्रमाणपत्र (प्रहरी रिपोर्ट) अनिवार्य गरिएको छ । यही कारण स्पेनमा रहेका हजारौं नेपालीले एकै पटक प्रहरी रिपोर्ट बनाउन आवेदन दिएका छन् । प्रहरी रिपोर्ट बनिसकेपछि पनि काठमाडौंस्थित स्पेनिश कन्सुलेट कार्यालयबाट अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था थियो । यही कारण कन्सुलेट कार्यालयमा पछिल्ला हप्ताहरूमा अत्यधिक भीड बढेको थियो, जहाँ हजारौं आवेदकहरू आफ्नो कागजात प्रमाणीकरणको पर्खाइमा थिए । तर यही प्रक्रियाबीच अर्को ठूलो परिवर्तन आएको छ ।
    यसै क्रममा काठमाडौंको बत्तिसपुतलीमा रहेको स्पेनिश कन्सुलेट कार्यालयले २४ अप्रिल २०२६ देखि नेपाली कागजातहरूको प्रमाणीकरण गर्ने अधिकार अस्थायी रूपमा रोकिएको जानकारी गराएपछि उनीहरु झन समस्यामा परेका छन । यही नेपालबाट पुलिस रिपोर्ट प्रमाणीकरण हुदै आउदा समेत किनै दिन समय लाग्ने र गाउँगाउँबाट आउदा खर्च बढिहुने थियो भने अब झन उक्त प्रमाणिकरणका लागी भारतको नयाँ दिल्लीस्थित स्पेनको दूतावासमार्फत मात्र गर्नुपर्ने व्यवस्था लागू गरिएको छ। यस निर्णयसँगै प्रक्रिया थप जटिल बनेको छ। यो निर्णयले गर्दा नजिकै आएको अवसर गुम्ने हो कि भनेर धेरै नेपालीहरु समस्यामा परेका छन । अझै ३-४ हजार पुलिस रिपोर्ट प्रमाणीकरण बाँकी रहेको जानकारी प्राप्त भएको छ । यो अवस्थमा नेपाल सरकारले तत्काल कूटनीतिक पहलमार्फत समस्या समाधान गर्नु पर्ने देखिन्छ ।
    ८ लाख ४० हजार अनियमित आप्रवासी
    यसअघि पनि स्पेनमा सन् १९८६ देखि २००५ सम्म नौ पटक यस्ता असाधारण आप्रवासी कानुनीकरण कार्यक्रम सञ्चालन भएका थिए, जसबाट १० लाख बढी आप्रवासीले कानुनी मान्यता पाएका थिए । स्पेनको विश्लेषण केन्द्र फुनकासले सार्वजनिक गरेको सन् २०२५ को तथ्यांकमा आधारित प्रतिवेदनअनुसार स्पेनमा गैर(युरोपेली अनियमित आप्रवासी संख्या करिब ८ लाख ४० हजार पुगेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना