कुनै अबरोध नभई सजिलै विस्थापीत भए बागमती खोला किनाराका सुकुम्बासीहरु, सरकारलाई साथ ।
२०८३ बैशाख १२, शनिबार ।
काठमाडौंको थापाथली, ग्रैह्रीधारा, बानेश्वर क्षेत्रका सुकुम्बासी बस्तीमा डोजर चलाएर बस्ती खाली गरिएको छ। महानगरपालिकाको टोली र नेपाल प्रहरीको संयुक्त सहकार्यमा बस्ती हटाउने काम गरेको हो। नदी किनार अतिक्रमण गरी बनाइएका टहरा तथा अस्थायी संरचनाहरू डोजर प्रयोग गरी भत्काइएको छ। डोजर चलाइएपछि त्यहाँका बास्तविक सुकुम्बासीहरूलाई रंगशाला, कीर्तिपुर तथा अन्य खाली रहेको ठाँउमा अस्थायी बसोबासकालागी व्यवस्था मिलाईएको छ । १५ दिन भित्र उनीहरूलाई राख्न ५ वटा स्थानमा होल्डिङ सेन्टर बनाइएको छ। नागार्जुनमा ४२ वटा व्यवस्थित आवास युनिट राखिएको छ। यस क्रममा सुकुमबासीहरुले सरकारको यो कदममा कुनै अबरोध नगरी आ आफ्नो सरसमान लिएर कोही आफन्तकोमा कोहि कोठा भाडामा दिएर त कोही सरकारले तथा महानगरपालिले तोकेको स्थानमा स्थानान्तरण भएका छन । आजको यस कार्यले सरकारको उक्त कार्यलाई सहयोग गरेको देखिन्छ । र सरकारले पनि उनीहरुलाई छिटो भन्दा छिटो उचित व्यवस्था मिलाउनुपर्ने छ ।
कुनै अबरोध नभई सजिलै विस्थापीत भए बागमती खोला किनाराका सुकुम्बासीहरु, सरकारलाई साथ ।
1 Min Read


