सरकार गठनको २६ दिनमै गृहमन्त्री सुधन गुरुङको राजीनामा।
२०८३ बैशाख ०९, बुधबार ।
२०८२ चैत्र १३ गने बनेको रास्वपा नेतृत्वको सरकारमा गृहमन्त्री भएका सुधन गुरुङ एक महिना नबित्दै राजिनामा दिनु परेको छ । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालको दवावले उनलाई राजीनामा दिन बाध्य बनायो । गृहमन्त्री बनेकै दिनदेखी हाइप्रोफाइलहरुलाई पक्राउ गरेर चर्चामा आएका थिए । गृहमन्त्रीको सपथ खाएलगत्तै हाइप्रोफाइलहरु पक्राउ गर्ने दौडधुपमा उनी लागे । सपथ खाएकै राति प्रहरी हेडक्वाटरमा गएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दवाव दिए । गृहमन्त्रीको दवावमा परेर प्रहरीले भोलिपल्ट बिहानै नेताहरुलाई उठायो । दुई हाइफ्रोइल नेताहरुलाई पक्राउ गर्न सफल भएपछि सुधन एकाएक हिरो भए । सामाजिक सञ्जालमा उनको हाइहाइ सुरु भयो । यसबाट हौसिएर उनले धमाधम नेतादेखि व्यापारीसम्ममा धरपकड अभियान चलाए । देशमा एक किसिमको पक्राउ आतंक नै सिर्जना भयो । तर, लहडवाजीमा गरिएको यो धरपकड अभियान अन्तत्वगत्वा असफलता उन्मूख बन्न थाल्यो ।
गृहमन्त्री गुरुङ अझै पनि ठूला नेता र व्यापारीका फाइल खोल्न चाहन्थे । हिजो उनले राति अबेरसम्म प्रहरी महानिरिक्षक दानबहादुर कार्कीसँग छलफल गरे र पक्राउ गर्न सकिने पात्रहरुको विषयमा चासो राखेका थिए । आफूलाई राजीनामाको दवाव नरहेको र पद नछाड्ने उनले बताएका थिए । छलफलपछि प्रफुल्लित चेहरामा राति ११ बजे निस्किएका उनले सञ्चारकर्मीलाई केही प्रतिक्रिया दिन चाहेका थिएनन् हाँस्दै निस्किएका थिए । आज अचानक नयाँ ट्विस्ट आयो । गृहमन्त्री गुरुङ राजीनामा दिन वाध्य भएका छन् । उनी प्रधानमन्त्री शाह सिंहदरबारमा भेटेलगत्तै फेसबुकबाट राजीनामाको घोषणा गरेका हुन् । गुरुङको बहिर्गमनसँगै गृहमन्त्रालय खाली भएको छ । गृहमन्त्री श्री सुधन गुरुङ नेपाल प्रहरीले गृह मन्त्रालय, सिंहदरबारमा गरेको बिदाई कार्यक्रममा सहभागी भएर निस्कनु भएको थियो ।


