बिहारका मुख्यमन्त्री नितिश कुमार राज्यसभामा जाने भएपछि दिए मुख्यमन्त्रीबाट राजिनामा ।
२०८३ बैशाक ०२, बुधबार ।
भारत, बिहारको राजनीतिका प्रभावशाली नेता नितिश कुमार राज्यसभामा जाने भएपछि मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। योसँगै उनको बीस वर्ष लामो मुख्यमन्त्रीको करिअर अन्त्य भएको छ। नितिशको राजीनामापछि भारतीय जनता पार्टी (भाजपा) ले उपमुख्यमन्त्री सम्राट चौधरीलाई मुख्यमन्त्रीका रूपमा चयन गरेको छ। जनता दल (युनाइटेड) का नेता नितिश भने राज्यसभामा गएका छन्। बिहारमा नितिशको असाधारण इतिहास छ। सन् १९७४ मा जनता पार्टीबाट एक नवप्रवेशीको रूपमा राजनीति सुरू गरेका उनले ५० वर्षभन्दा बढी समय बिहारको राजनीतिमा प्रभुत्व जमाए। नितिश कुमार बिहारको विकासमा एक नमुना मानिन्छन ।
यस्तो विरासत बनाएका नितिशको ठाउँमा अब ५७ वर्षीय सम्राट चौधरी आउँदैछन्। सम्राटको नयाँ यात्रा उनका लागि मात्र नभइ, भाजपाकै लागि पनि चुनौतीपूर्ण रहेको विश्लेषण गरिएको छ। सन् १९६८ नोभेम्बरमा मुंगेर जिल्लामा जन्मिएका सम्राट राजनीतिक पृष्ठभूमिबाटै आएका व्यक्ति हुन्। उनका पिता शकुनी चौधरी तारापुर निर्वाचन क्षेत्रबाट ६ पटक विधायक बनेका थिए। आमा पार्वती देवीले सन् १९९८ मा अहिले अस्तित्वमै नरहेको समता पार्टीबाट त्यही क्षेत्रमा जित हासिल गरेकी थिइन्। सम्राटले १९९० मा आफ्नो राजनीतिक यात्रा सुरू गरेका थिए। सन् २०२५ को निर्वाचनमा उनले फेरि पारिवारिक गढ जितेका थिए। पछिल्ला १२ निर्वाचनमध्ये ९ पटक बुबा, आमा र छोराले नै उक्त क्षेत्र जितेका छन्।
बिहारका मुख्यमन्त्री नितिश कुमार राज्यसभामा जाने भएपछि दिए मुख्यमन्त्रीबाट राजिनामा ।
1 Min Read


