आज दिउँसो १२ बजे प्रधानमन्त्री बालेन्द्र शाहले समानुपातिक सांसदसँग छलफल गर्ने ।
२०८३ बैशाक ०२, बुधबार ।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक सांसदसँग आज छलफल गर्ने भएका छन् । आज बुधबार दिउँसो १२ बजे समानुपातिक सांसदसँग बालेनको अन्तरक्रिया कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । सो छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने भनिएको छ । सांसदहरूलाई आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्न भनिएको सचिवालयले जनाएको छ । कार्यक्रमलाई सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
आज दिउँसो १२ बजे प्रधानमन्त्री बालेन्द्र शाहले समानुपातिक सांसदसँग छलफल गर्ने ।
1 Min Read


