आज चैत्र १९ गतेबाट एसईई परीक्षा सुरु ।
२०८२ चैत्र १९ बिहीबार ।
ष्ट्रिय परीक्षा बोर्डअन्तर्गत आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षाको परीक्षा सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गरेको हो । बिहान ८ बजेदेखि एकै समयमा एसईई परीक्षा सुरु भएको छ । आजबाट शुरु भै चैत २९ गते सम्पन्न हुने एसईई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी छन् ।
नियमिततर्फ चार लाख ४१ हजार ५ सय ६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ परीक्षार्थी छन् । यस वर्ष दुई लाख ५७ हजार ६ सय १३ छात्रा परीक्षामा सहभागी छन् ।

