Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार

    विवादास्पद व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा ।

    April 1, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    विवादास्पद व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा ।
    २०८२ चैत १८ बुधबार ।
    विवादास्पद व्यवसायी दिपक भट्ट अध्यागमन विभागको कालोसूचीमा परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पत्र पठाएपछि अध्यागमन विभागले उनको राहदानी रोक्का गरेको हो । ठूला ठेक्कापट्टा र सेयर खरिदबिक्रीमा सत्ता र शक्तिको आडमा चलखेल गर्दै आएका भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । अघिल्ला सरकार र मन्त्रीहरूलाई प्रभावमा पारेर उनले चलखेल गर्दै आएका थिए । उनको राहदानी रोक्का गरेसँगै वैदेशिक यात्रामा प्रतिबन्ध लागेको छ । उनले वैदेशिक यात्रा गर्नुपरेमा अनुसन्धान गर्ने निकायको स्वीकृति वा नेपाल सरकारको पूर्वस्वीकृति लिनुपर्नेछ ।
    फागुन २१ को चुनावपछि बालेन्द्र शाह (बालेन)को नेतृत्वमा सरकार बनेपछि भट्टविरुद्धको अनुसन्धानले तीव्रता पाएको छ । भट्टले राजनीतिज्ञ र उद्योग व्यवसायीसँग निकटतम सम्बन्ध बनाई गैरकानुनी तवरमा सेयर लगानी तथा लगानी रकमहरूमा चलखेल गर्दै आएका थिए । भट्ट इन्फिनिटी होल्डिङ्सका प्रमुख हुन् भने हिमालयन रि–इन्स्योरेन्सलगायतका बिभिन्न कम्पनीहरूमा सेयर लगानीकर्ता समेत रहेका छन् ।
    यसअघि सत्ता र शक्तिको आडमा उनीमाथि अनुसन्धानको प्रक्रिया अघि बढाउन सकिएको थिएन । भट्टमाथि सार्वजनिक खरिदका ठेक्का, जग्गा खरिद, किर्ते नागरिकता दिलाउने काम गरेको आरोप रहेको छ । उनीमाथि जलविद्युत्, बैंक तथा वित्तीय संस्था र बीमाको सेयरहरू चलखेलको आरोप लागेको छ । सत्ता र शक्तिको आडमा उनले लाखौँ लगानीहरू हिनामिना गरेको आरोप लागेको छ । भट्टलगायतको समूह यसअघि राज्यका अनुसन्धान गर्ने निकायहरूबाट समेत जोगिँदै आएको थियो । भट्टमाथि नागरिकता कितर्के गरेकोे आरोप समेत छ । यशोदा फुड्स, श्रीराम टोबाकोलगायत विभिन्न कम्पनी सञ्चालन गरिरहेका व्यापारी कमलकिशोर मालपानीको नक्कली नागरिकतासम्बन्धी मुद्दामा सेटिङ मिलाएबापत विवादास्पद भट्टले गोल्डेन सेयर लिएका थिए । सप्तरीबाट जारी भएको भनिएको किर्ते नागरिकता प्रमाण पत्र नम्बर ३७—०२—७१—१३६५८ नम्बरको आधारमा उनले रुपन्देहीबाट सक्कली नागरिकता समेत लिएको बारे विभिन्न निकायमा उजुरी परेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागले मालपानीको सम्पत्ति जफतका लागि तयारी गरिरहेकै बेला विवादास्पद बिचौलिया भट्टले सम्पत्ति शुद्धीकरण विभागको प्रमुख नै हेरफेर गरिदिएका थिए । उनकै सिफारिसमा विभागको प्रमुख बनेर आएका प्रेम भट्टराईले मुद्दा नै गुपचुप पारेका थिए । सोही प्रकरण मिलाएबात भट्टको स्वामित्व रहेको हिमालयन एसेस्ट्स नामक कम्पनीले श्रीराम टोबाको नामक कम्पनीमा तीन लाख ७५ हजार थान सेयर हात पारेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना