काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल हाजिरी जमानीमा रिहा ।
२०८२ चैत्र १७, मंगलबार ।
आज बिहानै पक्राउ परेका काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी रहेका रिजाललाई जिल्ला सरकारी वकिलको रायअनुसार मंगलबार साँझ हाजिरी जमानीमा रिहा गरिएको हो ।
उनलाई सोही दिन बिहान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । जेन जेड आन्दोलनसम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा रिजाल काठमाडौँका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए ।
काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल हाजिरी जमानीमा रिहा ।
1 Min Read

