पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओली र कांग्रेस नेता रमेश लेखक दुवैलाई अदालतद्धारा छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी ।
२०८२ चैत्र १६, सोमबार ।
के.पी. शर्मा ओलीलाई गैरकानूनी थुनामा राखिएको भन्दै पत्नी राधिकाले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । उक्त रिटमा सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बन्दी प्रत्यक्षीकरणमा छोड्न अस्वीकार गरी कारण देखाऊको आदेश दिएको छ । सर्वोच्चले सरकारका नाममा कारण देखाऊ आदेश मात्रै जारी गरेको छ । अदालतले आज नछोडेपछि ओलीलाई हिरासतमै राखेर प्रहरीले अनुसन्धान गर्न सक्ने भएको छ । यसअघि सर्वोच्चले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा पनि कारण देखाऊ आदेश जारी गरेको थियो ।
पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओली र कांग्रेस नेता रमेश लेखक दुवैलाई अदालतद्धारा छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी ।
1 Min Read

