काठमाण्डौ जिल्ला अदालतले ओली र लेखकलाई ५ दिन हिरासतमा दियो अनुमति ।
२०८२ चैत्र १५, आइतबार ।
हिजो शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । पक्राउपछि ओली उपचारका लागि शिक्षण अस्पतालमा भर्ना भएका छन् । लेखकलाई प्रहरीको २ नं गण महाराजगन्जमा राखिएको छ । हिजो शनिबार भएकोले उहाँहरुलाई आज आइतबार काठमाण्डौ जिल्ला अदालतमा उपस्थित गराइएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको एकल इजलासले उनीहरूलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
ओली र लेखकको बयान बाँकी रहेकाले अदालतले म्याद थप गरिएको काठमाडौं अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै श्रेष्ठको इजलासले केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेकाले प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न पनि आदेश दिएको छ ।


