गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले आज शपथ लिने ।
२०८२ चैत्र १२, बिहिबार ।
गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले आज दिउसो २ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम तय भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको जानकारी प्राप्त भएको छ । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुनेछ । ४७ जना सदस्यहरुले नेपाली भाषा बाहेक अन्य भाषमा शपथ लिनुहुने छ । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।
सङ्घीय संसद् सचिवालयले यस अघि नै सूचना प्रकाशित गरी निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको थियो ।
गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले आज शपथ लिने ।
1 Min Read

