प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै ।
२०८२ चैत्र ११, बुधबार ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित अर्जुन नरसिंह केसी जेष्ठ सदस्य रहेका छन । उनको उमेर ७८ वर्ष छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधि सभामा निर्वाचित ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले बिहान ११ः१५ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । अर्जुन नरसिंह केसीले आज शपथ लिएपछि भोली चैत १२ गते प्रतिनिधि सभाका २७४ सदस्यलाई शपथ ग्रहण गराउने छन् र सभामुख निर्वाचित नहुँदासम्म उनले नै सभाको अध्यक्षता गर्नेछन्। प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० जना सदस्य निर्वाचित भएका छन्।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले आज शपथ लिँदै ।
1 Min Read

