पूर्वमन्त्री भीम आचार्यसँग साढे २ लाख धरौटी माग ।
२०८२ चैत्र ०९, सोमबार ।
सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पूर्वपर्यटन मन्त्री भीम आचार्यसँग साढे २ लाख रुपैयाँ धरौटी माग भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले मंसिर २१ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा मुद्दा दायर गरेको थियो। ५५ जना प्रतिवादी बनाइएको यस मुद्दामा ४० जना हाजिर भइसकेका छन्। उनीहरू धरौटीमा रिहा भएका छन्।
यस मुद्दामा आचार्यसहित पाँच जना पूर्वमन्त्री छन्। पूर्वअर्थमन्त्री रामशरण महत, पूर्व पर्यटनमन्त्रीहरू रामकुमार श्रेष्ठ, दिपक अमात्य र पोष्टबहादुर बोगटी विरूद्ध मुद्दा दायर भएको थियो। बोगटीको मृत्यु भइसकेको छ। अभियोगपत्र अनुसार मन्त्रिपरिषदले २०७० पुस ११ गते अधिकारप्राप्त अधिकारीबाट प्रचलित कानुन बमोजिम निर्णय हुने विषयमा मन्त्रिपरिषदबाट केही गर्नु नपर्नेु भनी निर्णय भएको थियो। यही निर्णयलाई आफू अनुकूल व्याख्या गराई पोखरा विमानस्थलको ठेक्का स्वीकृति लगायत कार्यान्वयन प्रक्रिया अघि बढाउन प्राधिकरणलाई निर्देशन दिने भनी २०७० चैत २१ मा मन्त्रीको हैसियतले निर्णय गरेको थियो।
पूर्वमन्त्री भीम आचार्यसँग साढे २ लाख धरौटी माग ।
1 Min Read

