काठमाडौंमा हावाहुरी र वर्षाको कारणले आन्तरिक उडानहरू ठप्प साथै जहाज लखनऊ र कोलकाता तर्फ डाइभर्ट ।
२०८२ चैत्र ०६, शुक्रबार ।
आज दिउसो ३ बजेदेखि काठमाडौंमा आएको हावाहुरी र वर्षाका कारण हवाई उडान प्रभावित भएको छ । आन्तरिक उडानहरू सबै उडानहरु ठप्प हुनुका साथै चीनको कुनमिङबाट आएको चाइना इस्टर्नको जहाज भारतको कोलकाता ‘डाइभर्ट’ गरिएको छ । यसैगरी नयाँदिल्लीबाट आएको इन्डिगो एयरको जहाज लखनऊ डाइभर्ट गरिएको छ । इनरुट तथा काठमाडौंको उडान प्रतिकूल हुँदा उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
काठमाडौंमा हावाहुरी र वर्षाको कारणले आन्तरिक उडानहरू ठप्प साथै जहाज लखनऊ र कोलकाता तर्फ डाइभर्ट ।
1 Min Read


