निर्वाचन आयोगले आज ११ बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिने त्यसपछि चुनावी प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने ।
२०८२ चैत्र ०५, बिहिबार ।
२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र निर्वाचन आयोगले आज ११ बजे दिने भएको छ । निर्वाचन आयोगले आजै निर्वाचन परिणामसहितको सम्पूर्ण प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ ।
समानुपातिक सांसदलाई प्रमाणपत्र दिएर राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएपछि आयोगले बिहीबार बेलुकी ५ः३० बजे आयोगको केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टरको हलमा पत्रकार सम्मेलनको आयोजनासमेत गरेको छ । आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने भएको छ । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट र समानुपातिक तर्फ ५७ सिट गरी जम्मा १८२ सिट जितेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ ।
निर्वाचन आयोगले आज ११ बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिने त्यसपछि चुनावी प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने ।
1 Min Read


