नेपाल फर्कन चाहनेले आवेदन दिनु दोहा कतार दूतावास ।
२०८२ चैत्र ०१, आइतबार ।
कतारको दोहास्थित रहेको नेपाली दूतावासले नेपाल फर्कन चाहने नेपाली नागरिकहरूलाई आवेदन दिन एक सूचना प्रकाशन गरि अनुरोध गरेको छ। मध्यपूर्वको वर्तमान परिस्थितिका कारण साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्नुपर्ने भएकाले वैध आवासीय अनुमतिपत्र (कतार आइडी) भएका कतारमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन अपोइन्टमेन्ट बुक गर्न अनुरोध गरिएको छ। थप जानकारीका लागि आवेदकहरूले भिसा सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सक्ने दूतावासले जनाएको छ। सूचना यस प्रकार रहेको छ :


